२०७८ असार २१, सोमबार ०७:५२

गौर । नेपालबाट भारतको विहार राज्यमा प्रवेश गरेका नेपाली जंगली हात्तीको आक्रमणबाट एक जना भारतीय पत्रकार घाइते भएका छन् ।

शनिवार विहान रौतहटको देवाही गोनाही नगरपालिकाको कर्कच कर्मैयाबाट छिरेका जंगली हात्ती दिपाही , शिवनगर , मिठुआवामा आतंक मचाउदै राजदेवी नगरपालिकाका वडा नम्बर ७ बाट वडा नम्बर ८ लक्ष्मीपुर बेल्विछ्वा हुदै भारतीय सिमा क्षेत्रमा प्रवेश गरेका नेपाली हात्तीले आक्रमण गर्दा समाचार रिपोर्टिंग गर्न गएका राष्ट्रिय खबर पत्रिकाका पत्रकार पुरुषोतम कुमार महतो घाइते भएका हुन् । नेपालबाट जंगली हात्ती भारतको सुप्पी प्रखंडमा प्रवेश गरेको सुनेर फोटो खिच्न गएका पत्रकार महतो हात्तीको आक्रमणमा परेका थिए । बारा जिल्लामा एक जना किसानको ज्यान लिएको जंगली हात्तीले मिठुअवामा ३ जनाको घरमा क्षति पुर्याएका थिए । शनिवार विहान देखिएको हात्तीलाई नियन्त्रणमा लिनको लागि आएका बन विभाग र राष्ट्रिय निकुञ्जका टोलीले नियन्त्रणमा लिन नसक्दा हात्ती रातिको समयमा भारतीय सिमामा प्रवेश गरेका छन् । हात्तीको आक्रमणमा परि घाइते भएका पत्रकारको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भै रहेको र अवस्था खतरा मुक्त रहेको भारतीय प्रहरीले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News