२०७८ असार २५, शुक्रबार ०७:३०

प्रदेश २ को मुख्य आयआर्जनको माध्यम रहेको धान खेतीको लागि आवश्यक रहेको रसायनिक मलको धनुषामा व्यापक अभाव भएको छ । धान रोपाई अघि र पछि धानवालीका लागि आवश्यक पर्ने युरिया, डिएपी र पोटास जस्ता रसायनिक मलको व्यापक अभाव रहेको किसानहरुको भनाई छ । धनुषा र महोत्तरीका किसानलाई रसायनिक मल उपलब्ध गराउने जनकपुरस्थित कृषि समाग्री कम्पनीले पनि कृषकको आवश्यकताअनुसार मलखाद्य उपलब्ध गराउन नसकिरहेको स्वीकार गरेको छ ।

कम्पनीले १५ असार सम्ममा युरिया २ हजार ६ सय ६८ मेट्रिक टन, डिएपी ३ हजार ८७३ मेट्रिक टन र पोटास २ सय २६ मेट्रिक टन विभिन्न कृषि सरकारी तथा फर्महरु मार्फत कृषकलाई वितरण गरिएको जनाएको छ । जवकी त्यसको दुई गुणा बढी मलखादको आवश्यकता रहेको कम्पनीको भनाई छ । कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका प्रमुख रामकुमार चौधरीले भने,‘ यहाँ किसानको आवश्यकता बढी छ, तर माग अनुसारको मलखाद आपुर्ति हुन सकिरहेको छैन ।‘अन्य महिनाको तुलनामा वैशाखदेखि भदौ सम्ममा मलखादको धेरै माग हुन्छ, उनले भने,‘ तर केन्द्रिय कार्यालयबाट सप्लाई नै कम भएपछि कृषकलाई माग अनुसारको आपुर्ति गर्न सकिरहेका छैनौ ।‘ यसैबीच, एकातर्फ कम्पनीले न्युन मात्रामा मलखाद द्यउपलब्ध गराउछ । त्यो पनि विभिन्न सहकारी मार्फत । तर ती सहकारीले कृषक भन्दाबढी आफन्त वा कालोबजारीमा कृषकलाई बेच्ने गरेका छन् । सरकारले युरियाको बोराको ८ सय २, डिएपीको २२५१ र पोटासको १६५१ रुपैया तोकिएको छ । सहकारीहरुले ढुवानी वापत बढीमा प्रति बोरा सय रुपैयाँ थपगरि विक्रि वितरण गर्न सक्छन् ।

तर सहकारीहरुले बोराको मुल्य भन्दा २५ देखि ३५ प्रतिशत बढी मुल्यमा बेच्ने गरेका गर्छन् । धनुषा सोहनीको एक कृषकले भने,‘ हतपत हामीलाई दिदैन, दिएपनि मुल्यको भन्दा २५ प्रतिशतभन्दा बढी रकम लिएर दिन्छ ।‘ यस सम्बन्धमा प्रमुख चौधरीले अहिले स्थानीय तहले सिफारिस गरेको कृषि सहकारी तथा फर्मलाई मात्र हामी मल उपलब्ध गराउछौ, ती संस्थाहरुले कति रुपैयाँमा किसानसँग बेच्ने त्यो पनि सम्बन्धित स्थानीय तहले नै निर्धारण गर्छ ।’ यता, चुनावको वेला सबै नेताहरुले किसानको लागि आकर्षक नारा दिन्छन् । तर अहिले किसानहरु मलखाद नपाएर भौतारिरहेका छन् । कुनै नेता, मन्त्री वा मेयर उपमेयर कसैलाई कुनै मतलव छैन । धनुषा कमला नगरपालिका सघराका हविव राईनले भने,‘ यहाँ किसानको वारेमा राम्रो सोच्ने नेता कहाँ छन्, उनीहरुलाई किसानको खेतीभन्दा आफ्नो कमाई कसरी हुन्छ भन्ने तर्फ ध्यान हुन्छ ।’ किसानको समस्यालाई संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले वेवास्ता गरेको उल्लेख गर्दै धनुषा कुर्थाका ललन पंण्डितले भने,‘ मुलुकमा धेरै प्रकारका आन्दोलन हुन्छ, तर हामी किसान सबै कुरा सहेर भगवान भरोसे खेतिपाती गर्छौ, न सिचाई छ, न समयमा मलखाद नै पाउछौ, खेतीमा मात्रै निर्भर रहेका किसानलाई हातमुख पनि जोर्न समस्या हुन्छ ।‘ विगतका वर्षहरुमा हामीले छिमेकी मुलुक भारतीय बजारबाट पनि केहि मलखाद ल्याएका थियौ । तर यसपालि सिमानाका बन्द भएकोले त्यसमा पनि समस्या भएको उनले दुखेसो पोखे ।

यता, प्रदेश २ सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले रसायनिक मलको जिम्मेवारी प्रदेश सरकारको नभई संघीय सरकारको रहेको बताए । किसानलाई आवश्यकता अनुसारको मलखाद उपलब्ध भईरहेको छैन, त्यो हामीलाई पनि थाहा छ,मन्त्री साहले भने,‘ तर हामीले केहि गर्न सक्दैनौ, रसायनिक मलको जिम्मेवारी संघीय सरकारले आफैसँग राखेको छ, त्यसकारण प्रदेश सरकारले यसमा केहि गर्न सक्दैन ।‘ अन्य प्रदेश भन्दा प्रदेश २ मा खेतीपाती बढी हुन्छ, मन्त्री साहले भने,‘ तर यो प्रदेशमा आवश्यकता अनुसार कहिले आपुर्ति हुदैन ।’

Comment

Related News

Latest News

Trending News