२०७८ असार ३०, बुधबार ०७:२०

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका ७ की २६ वर्षीया सुजिता ठाकुरको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरी मंगलवार सार्वजनिक गरेको छ ।

सुजिताको हत्यामा संलग्न देबर २९ वर्षीय रुपेश ठाकुर, सोही ठाउँका ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, उनकै भाई ३२ वर्षीय नथुनी मण्डल र ३३ वर्षीय मुल्ला भन्ने आदम राईनलाई प्रहरीले सार्वजनिक गरेको हो । प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार सुजिताको हत्यामा पक्राउ परेकामध्ये रुपेशको मात्र संलग्नता देखिएको छ । अन्य तीनजना शव ओसार पसार गरी गाड्ने कार्यमा सहयोग पुर्याएको खुलेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सुजिताका श्रीमान मुकेश ठाकुरलाई पनि नियन्त्रणमा लिएको थियो । तर अनुसन्धानका क्रममा उनको संलग्नता नदेखिएपछि छाडेको डिएसपी विष्टले बताए । मुकेशलाई ससुरा तथा सुजिताका बुवा कामेश्वर पाण्डेको जिम्मा लगाएको उनको भनाई छ । देबर रुपेशले सुजिताको कोठाभित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाटी समेत थिचेर हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार हत्या गरी सुजिताको शवलाई पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको थियो । ससुरा पतिराम ठाकुरको घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको खेतमा खाल्टो खनि सोही राति साढे ८ बजेदेखि ९ बजेको समयमा आफ्नै ट्याक्टरमा शव राखेर खेतसम्म पुर्याइ गाडेको थियो ।

‘शव गाडेको खेतमा खाल्टो वरिपरि पानी भरी ट् याक्टरले सम्याई धानको बिउ समेत छरियो’, प्रहरीको विज्ञप्तीमा भनिएको छ, ‘जेठ २९ गते अर्थात ९ दिनपछि त्यहाँबाट पुनः खनेर शव निकाले । त्यसपछि घरदेखि ५ सय मिटर पूर्वतर्फ रहेको पेट्रोल पम्पको निर्माणाधिन सेफ्टी ट् याङकमा ४ फिट गहिरो खाडल खनेर शव पुनः लुकाइयो । शव राखेर ६ इन्च मोटो ढलान गरी माथिल्लो भागमा काठका गोलियाहरुले नदेखिनेगरी ढोकेको थियो ।’ शव सेफ्टी ट्याङकमा पुर्याएपछि खेतमा पुनः धानको बिउ छरेको थियो । धाम उम्रिसकेको अवस्थामा प्रहरीले जेठ १३ मा उत्खनन गर्दा नुन जस्तो पदार्थ तथा माटो लागेको तन्न र पर्दाको कपडा र महिलाको कपाल जस्तो देखिने चिबस्तु फेला परेको थियो । सुजिताको हत्यामा ससुरा र देवरानीसहित ६ जनाको संलग्नता रहेको भन्दै उनीहरुमाथि माइत पक्षले किटानी जाहेरी नै दिएको छ । तर सुजिताको ससुरा र देवरानी भने अझै पक्राउ परेका छैन । प्रहरीले उनीहरुको पनि संलग्नता रहेको वा नरहेको विषयमा अहिले केहि भनेको छैन । यद्दपी अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ । सुजिताको हत्या किन भएको विषयमा पनि प्रहरी केहि बोलेका छैन ।

Comment

Related News

Latest News

Trending News