२०७८ श्रावण ६, बुधबार ०७:२१

लहान । पूर्व साँसद सरिता गिरीले लहान नगरपालिकाको मेयरको चुनाव लड्ने घोषणा गरेकी छन् ।

मंगलवार फेसबुकमार्फत उनले यस्तो घोषणा गरेकी हुन् । उनी लहानका वर्तमान मेयर मुनी साहमाथि आक्रोस पनि पोखकी छन् । उनले भनेकी छन्, ‘ लहान नगरपालिकाको जनता मेयर मुनी साहबाट पीडित छन् । उनको अधिनायकवादलाइ जनताले परास्त गर्ने छन् ।’ उनले अब ५ वर्ष स्थानीय स्तरमा रही जनताको सेवा गर्ने पनि बताएकी छन् । लहान नगरपालिका १४ घर भएकी उनी सहयोग र सम्पर्कका लागि जनतासँग अपिल गरेकी छन् । स्थानीय स्तरमा लोकतन्त्र, समय सुहाउँदो विकास नीति र पारदर्शिता नभई सबैको विकास हुन नसक्ने उनको धारणा छ । तत्कालिन उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले उनलाई समानुपातिक साँसद बनाएको थियो । पछि राजपासँग समाजवादी पार्टीको एकतापछि बनेको जसपाले नक्सा सम्बन्धी विवादमा ह्वीप नमानेको भन्दै साँसद र पार्टीका साधारण सदस्य समेत नरहनेगरी उनलाई कारबाही गर्यो । त्यसपछि उनी कुनै पार्टीमा आबद्ध भएकी छैन । नेतृ गिरी नेपाली काँग्रेसका साँसद प्रदिप गिरीका भाई बुहारी हुन् । उनी मेयरमा स्वतन्त्रबाट लड्ने कि कुनै पार्टीको टिकट लिएर भन्ने विषयमा केहि उल्लेख गरेकी छैन ।

Comment

Related News