२०७८ श्रावण ७, बिहीबार ०८:०८

जीतपुर । बहुराष्ट्रिय कम्पनी सुर्य नेपाल प्रा.लि.सिमरा बाराले जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघलाई सुबिधा सम्पन्न कोभिड डेडिकेटेड एम्बुलेन्स प्रदान गरेको छ ।

उद्योगमै एक कार्यक्रमका बिच सुर्य नेपालका महाप्रबन्धक प्रभाकर शाहले नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्नु हुदैँ महाप्रबन्धक शाहले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योगले नगर उद्योग बाणिज्य संघलाई कोभिड लक्षित एम्बुलेन्स हस्तान्तरण गरेको जानकारी दिए । उनले उद्योग समाजमा स्थापित र सञ्चालन हुने भएकाले अगामी दिनहरुमा पनि आवश्यक्तालाई महसुस गर्दै सहयोग गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे । एम्बुलेन्स करिब १५ लाखको लागतमा खरिद गरिएको सुर्य नेपाल प्रा.लि.ले जनाएको छ । नगर उद्योग बाणिज्य संघका अध्यक्ष संजय कुमार साहले समाजको आवश्यक्तालाई महसुस गर्दै नगर उद्योग बाणिज्य संघलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा सुर्य नेपाललाई धन्यबाद दिए । उनले जीतपुरसिमरा उपमहानगरपालिकासँग हातेमालो गर्दै एम्बुलेन्स सञ्चालन गर्ने जानकारी दिए । यो सँगै नगर उद्योग बाणिज्य संघ मातहतमा सञ्चालन हुने एम्बुलेन्सको सङ्ख्या तीन कार्यक्रममा उद्योगको कमर्सियल प्रबन्धक उमेश जङ्ग थापा ,सुरक्षा प्रबन्धक यज्ञ बहादुर आले ,प्रबन्धक सुरेश श्रेष्ठ , प्रबन्धक माधव प्रसाद खनाल ,नगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष मोहन शर्मा लामिछाने ,उपाध्यक्ष मनोज गुप्ता ,महासचिव शिवजी साह सोनार ,कोषाध्यक्ष अमर यादब लगायतको सहभागिता रहेको थियो ।

केही दिन अगाडि मात्र सुर्य नेपालले वीरगञ्जस्थित नारायणी अस्पतालमा ट्रान्सफर्मर जडान र अन्य व्यवस्थापनका लागि नगद ३० लाख रकम सहयोग हस्तान्तरण गरेको थियो ।

Comment

Related News