२०७८ श्रावण ७, बिहीबार ०८:११

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिकास्थित ऐतिहासिक लक्ष्मी नारायण पोखरीमा साप्ताहिक लक्ष्मी नारायण भगवानको संध्या महाआरती सुरु भएको छ ।

मंगलवार राति विधिपूर्वक महाआरतीको शुभारम्भ गरियो । महाआरती स्थानलाई दुल्ही जस्तै सिंगारिएको थियो । महाआरतीमा पर्यावरणीय अभियानी एवं प्रदेशसाँसद रामअशिष यादव, जानकी मन्दिरका महन्थ र सुरक्षा निकायका अधिकारीहरुको सहभागीता रहेको थियो । पहिलो महाआरती भएकाले ठूलो संख्यामा सर्वसधारण समेत सहभागी भएका थिए । महाआरती सुरु गर्न सो पोखरीको सौन्दर्यीकरण गरिएको छ । धार्मिक र ऐतिहासिक महत्वलाई उजागर गर्न पोखरीको सौन्दर्यीकरण गरी महाआरती सुरु गरिएको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले बताए । महाआरती सुरु भएपछि पोखरी पर्यटकीय स्थलको रुपमा चिनिने उनको विश्वास छ । मेयर मण्डलले महाआरती शुभारम्भ गर्न पोखरी जिर्णोद्धारमा नगरपालिकासँगै जसपा अध्यक्ष महन्थ ठाकुर र साँसद अभिराम शर्माको समेत योगदान रहेको बताए । उनले भने, ‘महोत्तरी आउने हरेक आन्तरिक र बाह्य पर्यटकले मटिहानी स्थानको दर्शन र गुरुकुलको अवलोकन गर्न चाहन्छन् । गर्छन् पनि । त्यसैले दुवैको मध्यमा रहेको लक्ष्मी नारायण पोखरी सुन्दर र सकारात्मक उर्जाको सम्वाहकको प्रतिक रहेको छ ।’ माता सिताको विवाहमा यही पोखरीमा भएको मटकोर र पछि तस्मैया वावाले नुहाउने क्रममा लक्ष्मी नारायणको मुर्ति फेला परेको स्थानीय बताउँछन् ।

सोही कारण यो पोखरीको धार्मिक र पुरातात्विक महत्व रहेको छ । त्यहाँ महाआरती मंगलवारबाट शुभारम्भ भएपनि अब हरेक बिहीवार हुने बताइएको छ ।

Comment

Related News

Latest News

Trending News