२०७८ श्रावण १०, आईतवार ०७:००

जनता समाजवादी पार्टी (जसपा) नेपालमा अध्यक्ष उपेन्द्र यादव पक्ष झन बलियो देखिएको छ ।

शनिवार बसेको उपेन्द्र पक्षका कार्यकारिणी बैठकमा ३१ जना सदस्य सहभागी भए । जसमा उनकै पक्षमा रहेका कार्यकारिणी सदस्य प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साह अनुपस्थित थिए । काठमाण्डु पुग्न ढिलो भएकाले उनीहरु आईतवारको बैठकमा सहभागी हुनेछन् । यस्तै उपेन्द्र पक्षमा महन्थ ठाकुर पक्षका नेता राजकिशोर यादव पनि खुलेका छन् । शनिवार महन्थ ठाकुरलाई भेटेर आफू पार्टी फुटको पक्षमा नरहेको भन्दै साथ दिन नसक्ने स्पष्ट पारेका थिए । आईतवार बस्ने उपेन्द्र पक्षको बैठकमा राजकिशोर समेत सहभागी भएपछि कार्यकारिणी सदस्यको संख्या ३४ पुग्नेछ । स्रोतका अनुसार निर्वाचन आयोगले कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने दिनसम्म ५५ सदस्यीयमध्ये उपेन्द्र पक्षमा ३८ देखि ४० सदस्य पुग्नेछन् । जसपाको आधिकारिकता नपाउने देखेपछि महन्थ ठाकुर पक्ष सर्वोच्चमा रिट दर्ता गराएको छ । निर्वाचन आयोगको फैसला आफ् नो पक्षमा नआउने देखेर महन्थ पक्षले सर्वोच्चमा रिट हाल्नु हार मानसिकताको उपज भएको उपेन्द्र पक्षले ठहर गरेको छ । निर्वाचन आयोग संवैधानिक निकाय हो ।

इजलास गठन भएपछि अदालत सरह नै मानिन्छ । त्यसैले विवादको निरुपण गर्ने प्रकृयामा रहेकै बेला रिट दायर गर्न नमिल्ने उपेन्द्र पक्षले निष्कर्ष निकालेको छ । यद्दपी महन्थ पक्षले हालेको रिटमा अदालतले परमादेश जारी गरेमा माहोल परिवर्तन हुनेछ । सम्भवतः अदालतले परमादेश जारी नगर्ने कानून व्यवसायी बताउँछन् । जसपा पार्टी उपेन्द्र पक्षको रहने भएपछि राजेन्द्र महतो पनि निक्कै तनावमा परेका छन् । स्रोतका अनुसार उनले महन्थ ठाकुरलाई आफू राजिनामा दिने बताएका छन् । पार्टी फुटाउन ४० प्रतिशत सदस्य नपुगेपछि उनी कारबाहीबाट बच्न राजिनामा दिने मुड बनाएका हुन् । साउन ११ मा निर्वाचन आयोगले कार्यकारिणी सदस्यको हेड काउन्ट गर्ने भन्दै नागरिकता बोकेर आउन भनेको छ ।

Comment

Related News

Latest News

Trending News