२०७८ श्रावण ११, सोमबार ०७:१५

महोत्तरीको बर्दिबासमा जंगल फडानी गरेर सरकारले मेडिकल कलेज स्थापना गर्न लागेपछि व्यापक विरोध भइरहेको छ । तर वनकै जग्गामा रुख काटेर भएपनि मेडिकल कलेज स्थापना हुनुपर्ने पक्षमा उभेका सो क्षेत्रबाट निर्वाचित संघीय साँसद एवं पूर्वमन्त्री गिरीराजमणि पोखरेल ‘हरित अभियान’ चलाउने घोषणा गरेका हुन् । आईतवार बिहान जनकपुरमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्रका नेता पोखरेलले हरित अभियानबारे जानकारी गराए । उनले पहिलो चरणमा गौशाला, बर्दिबास र भंगहा नगरपालिकाबाट हरित अभियान सुरु गरेको बताए । उनले पहिलो चरणमा तीन लाख विरुवा बृक्षारोपन गर्ने दावी पनि गरे । उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘हरित अभियान सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वास्थ्य सम्बन्धलाई पुर्नस्थापित गराउने पहल हो ।

यसले समुदायले भोगी रहेको विभिन्न समस्याहरुलाई क्रमगत रुपमा निर्मूल पार्न सहयोग गर्दछ ।’ चुरे संरक्षण गर्न र विश्वमा देखिएको जलवायू परिवर्तनको असर रोक्न हरित अभियान चलाएको उनले उल्लेख गरेका छन् । हरित अभियानले पारि स्थ्तिक प्रणालीको पुर्नस्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम सञ्चालन गर्न समन्व्यात्मक भूमिका निर्वाह गर्ने नेता पोखरेलको विश्वास छ । उनले वातावरणीय समस्याहरुको समाधान गर्नका लागि सरकारी क्षेत्रबाट मात्रै पहल गरेर सम्भव नहुने तर्क गर्दै हरेक क्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । तराई मधेसलाई मरुभुमिकरणबाट रोक्ने उदेश्यले अभियान चलाएको भन्दै नेता पोखरेलले अगामी दिनमा प्रदेश २ का सबै जिल्लाका पत्रकारहरुसँग छलफल गर्ने र सो बेला अवधारणा नै सार्वजनिक गरिने बताए । उनले अभियानमा आवद्ध हुन सरोकारवाला संघ, संस्थ, क्लब र समूहलाई आह्वानसमेत गरे । वन फडानी गरेर मेडिकल कलेज स्थापना हुनुपर्ने पक्षमा रहेका नेता पोखरेल हरित अभियान चलाउने भनिरहँदा सञ्चारकर्मीहरुले प्रश्नै प्रश्न तेर्साए । तर उनले जवाफ दिन मानेनन् । आफूलाई धेरै कुरा थाहा नभएको बहाना बनाउँदै मेडिकल कलेजको विषयमा बोलिदिन छेउमा बसेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रकाश पौडेललाई अहए ।

नेता पौडेलले सकभर रुख बचाउने र नकाटी नहुने रुख मात्र काटेर मेकिडल कलेज स्थापना गर्ने कुरा भइरहेको बताए । उनले भने, ‘अझै ४०/५० अर्वको लगानीमा करिब एक/डेढ सय विघा जग्गामा मेडिकल कलेज स्थापना हुनेछ । अन्य ठाउँमा जग्गा पनि छैन । त्यसैले वनकै जग्गामा कलेज स्थापना गर्नुपर्ने बाध्यता छ ।’

Comment

Related News

Latest News

Trending News