२०७८ श्रावण ११, सोमबार १५:००

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरी हेड काउन्टका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन्  ।

उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने प्रश्नमा चौधरीले आफूले नेताहरूसँग कुराकानी गरेर मात्र निर्णय लिने बताए । उनले आफूहरूको छुट्टै मुद्दा र समस्या रहेको जिकिर गर्दै नेताहरूले यसबारे के गरिरहेको छ भनेर बुझ्ने र त्यसपछि मात्र सनाखतबारे निर्णय लिने बताए । उनले पहिले उपेन्द्र यादवसँग छलफल गर्न चाहेका थिए । तर यादव यसअघि नै कार्यालयबाट बाहिरिसकेका कारण भेट हुन सकेन । त्यसपछि उनी महन्थ ठाकुरसँग छलफल गर्न पुगेका छन् ।

Comment

Related News

Latest News

Trending News