२०७८ श्रावण १२, मंगलवार ०६:४३

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता सम्बन्धी विवादलाई टुंग्याउँदै निर्वाचन आयोगले उपेन्द्र यादवलाई एकल अध्यक्ष कायम गरेको छ । ज

सपाको आधिकारिकता पाउनुपर्ने मागगर्दै यादवले निर्वाचन आयोगमा दिएको निवेदनमा सोमवार भएको फैसलामा यादवलाई पार्टीको आधिकारिकता प्रदान गरेको छ । आयोगले यादव र महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समितिको सदस्यको सनाखत गराउन आदेश दिएको थियो ।सो आदेश बमोजिम दुवै पक्षबाट भएको हस्ताक्षर सनाखतमा यादव तर्फ ३४ र ठाकुर तर्फ १६ जनाले सनाखत गरे ।कार्यकारिणी समितिमा रहेका ५१ जना नै निर्वाचन आयोगमा उपस्थित भएपनि जेलबाट सनाखतका लागि आएका रेशम चौधरीले कुनै पक्षमा हस्ताक्षर नगरी तटस्थ रहे । ठाकुर पक्षले निर्वाचन आयोगद्वारा सनाखतका लागि भएको आदेश बिरुद्ध सर्वोच्च अदालतमा रिट दायरगरी ‘हेड काउण्ट’ रोक्न माग गरेका थिए ।तर आईतवार अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि सोमवार निर्वाचन आयोगको प्रकृया निर्धारित कार्यतालिका अनुसार नै अगाडी बढेको थियो । बिहानै ११ बजे निर्वाचन आयोगमा पुगेका यादव समुहमा निकै उत्साह देखिएको थियो ।केहि ढिलागरि पुगेको ठाकुर समुहका नेताहरुकोअनुहार मलिन थियो ।ठाकुर, राजेन्द्र महतो केहि ढिला गरी आयोगमा पुगेका थिए ।त्यस अगावै शरतसिंह भण्डारी लगायतका नेताहरुले सनाखत गरेका थिए ।ठाकुरको तर्फबाट सनाखत रोक्न आयोगमा दिएको निवेदनलाई स्वीकार नगरिएपछि उनीहरु सनाखतमा सहभागि भएका थिए । पार्टीको एकल अध्यक्ष समेत यादवले आधिकारिता पाएसँगै ठाकुर पक्षमा खुलेका १६ जना नै दलविहिन बनेका छन् ।उनीहरु हाल जसपामा पनि छैनन् ।

अर्को दल गठनपनि गरिसकेका छैनन् ।राजनीतिक जीवनको अधिकांश समय काँग्रेसमा बिताएका ठाकुरले सो पार्टी छाडेपछि तमलोपा, राजपाह“ुदै जसपाको अध्यक्ष बनेका थिए ।अब हाल उनी सो पार्टीमा छैनन् ।उनीहरुलाई निर्वाचन आयोगले अर्को दल गठन गर्ने समयावधी दिएको छ ।तर उनीहरुले नयाँ दल दर्ता गरे अथवा अन्य दलमा प्रवेश गरे सांसद पद समाप्त हुनेछ । सनाखतमा ३४ जनाको बहुमत प्राप्त गरेका यादवले निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीहरुसित कुरागर्दै भने, ‘ठाकुर–महतोहरुलाई पार्टीबाट घोक्रयाएर निकालिएको होइन् ।’उनीहरु पार्टीमा रहन चाहे जनता माझ आत्मलोचना गर्नुपर्ने शर्त उनले सुनाए ।हुनत ठाकुर–महतो फेरी जसपामा फर्केपनि बढीमा कार्यकारिणी समितिको सदस्यमा सिमित हुनुपर्नेछ ।आइतवार सम्म ठाकुर अध्यक्ष र महतो वरिष्ठ नेता थिए । आयोगको फैसलापछि ठाकुर– महतो समुहका कार्यकारिणी समिति सदस्य रहेका सांसदहरुले विभिन्न कानुन व्यवसायीहरुसित छलफलगरि आफ् नो भविष्यको बारे जानकारी लिएका छन् ।ठाकुरसँगै अर्काे दलमा गए पदमुक्त हुने उच्च जोखिम रहेकाले यादव समुहमै जाने मनस्थिति बनाउन थालेका छन् । कानुन व्यवसायीहरुका अनुसार जसपा हाल ३४ सदस्यीय कार्यकारिणी समिति रहेको द लबनेको छ ।यादव समुहको बिरोधमा गएकाहरु स्वतःपार्टीबाट बाहिरिएका छन् ।तर उनीहरु अन्य दलको सदस्यता नलिए सम्म सांसद पद नजाने उनीहरुको तर्क छ ।

५१ सदस्यीय कार्यकारिणी समितिको बहुमत सदस्य ३० जना सहित पार्टीको आधिकारिकता प्राप्तिका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका यादवको पक्षमा ठाकुर तर्फबाट ४जना सदस्य थपिएका छन् ।यादव पक्षबाट भने एकजना दानबहादुर विश्वकर्माले ठाकुर पक्षमा सनाखत गरेका छन् । दल सम्बन्धी कानुन अनुसार पार्टी विभाजनका लागि कार्यकारिणी समिति र संसद दुबैमा ४० प्रतिशत सदस्य चाहिन्छ ।तर ठाकुरसित दुबै निकायमा ४० प्रतिशत सदस्य छैनन् ।कार्यकारिणी समितिमा ठाकुरको पक्षमा ३१ दशमलव ३७ प्रतिशत सदस्य (१६ जना) मात्र सनाखत गरेकाले अर्को दल खोले सांसदहरुको सदस्यता समाप्त हुने कानुन व्यवसायीहरुले बताएका छन् । निर्वाचन आयोगले २४ बुंदे फैसलामा ठाकुर, महतो, सर्वेन्द्र शुक्ल र लक्ष्मण लाल कर्णलाई गरेको कार्वाहीलाई पहिले अमान्य गरेकोलाई नै निरन्तरता दिएको छ ।अब कार्यकारिणी समितिले उनीहरुलाई प्रकृया पु¥याएर कार्वाह ीगर्ने बाटो निर्वाचन आयोगले खोली दिएको छ ।

Comment

Related News

Latest News

Trending News