२०७८ श्रावण १३, बुधबार १५:५७

सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

नेकपा माओवादी केन्द्रको कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका ४ जना पूर्वमाओवादी नेताहरू पुनर्वहालीको माग गर्दै पुर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी सर्वोच्च पुगेका हुन् । संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत रहेकोले परमादेशबाट सांसद पदमा पुनर्वहाली गर्न नेताहरुले माग गरेका छन । उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको समेत उल्लेख गरेका छन ।

गत चैत २६ गते माओवादी केन्द्रको पत्रको आधारमा संसद सचिवालयले उनीहरुलाई सांसदबाट पदमुक्त गरेको थियो ।

Comment

Related News

Latest News

Trending News