२०७८ श्रावण १५, शुक्रबार ०७:३९

जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलमा बोक्सी आरोपमा एक महिला स्वास्थ्य स्वयमसेविकालाई निर्घात कुटपिट गरि मलमुत्र खुवाउने प्रयास गरिएको घटना सार्वजानिक भएको छ ।

घरमा गाइ, गोरु विरामी भएको, छोरा, नाती नातिना विरामी हुँदा समेत बोक्सी नै लगाएको भन्दै आफुलाई साउन १ गते राति निर्घात रुपमा कुटपिट गर्दै मलमुत्र खुवाउने प्रयास गरेको पिडित शिला देवी महराले बताइन् । घटना स्थलबाट मुजेलिया प्रहरी चौकीले पिडितलाई उद्धार गरि उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको भएपनि आरोपितहरु राजनितिक संरक्षण पाएर आफुले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको उजुरी दर्ता नगरेको पिडितका पति सन्तोष महराले बताए । यसअघि २० वर्षअघि आरोपितहरुकै घरपरिवारले सन्तोष महराकी आमा फुलझरिया देवी महरालाई समेत बोक्सी आरोप लगाउँदै कुटपिट गरि मलमुल खुवाएको पिडित शिला देवी महराले बताइन् । पटक पटक आफुहरुलाई बोक्सी रहेको आरोप लगाउँदै कुटपिट गरि मलमुत्र खुवाएको र मलमुत्र खुवाउने अहिले समेत प्रयास गरेकाले आफुहरुलाई न्याय चाहिएको बताइन् । हामीलाई टोलमा बोक्सीको परिवारको छोरा, बुहारी भनेर बोलाउँदा आफुहरुलाई आत्मगलानी हुने गरेको सन्तोष महराले बताए ।

Comment

Related News

Latest News

Trending News