२०७८ श्रावण १५, शुक्रबार ०९:००

धनुषामा आज बिहान सरकारी नम्बर प्लेटको स्कार्पिओ पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँचजना गम्भीर घाइते भएका छन् ।

जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ खसेको हो । बिहान ५ बजे ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कार्पिओ तिव्रगतिको कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको छ । उनी नेपाली काङग्रेसका नेता विश्नु यादवका छोरा हुन । उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए । दुर्घटनामा गाडि भित्र सवार यादवका पत्नी र भतिजा सहित पाँचजना घाइते भएका छन । उनीहरुको उपचार प्रादेशिक अस्पतालमै भइरहेको छ ।

Comment

Related News

Latest News

Trending News