२०७८ श्रावण १५, शुक्रबार १९:३४

महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले १ लाख २१ हजार मूल्य बराबरको युरिया मल बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा ल्याएर विभिन्न स्थानमा लुकाए राखेको अवस्थामा १२१ बोरा युरिया मल बरामद गरिएको महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए । शुक्रबार करिब तीन बजेको समयमा जलेश्वर नगरपालिका-५ स्थित पर्सापतैलीका विभिन्न स्थानमा लुकाइछिपाइ राखेको अवस्थामा उक्त परिमाणको युरिया मल बरामद भएको उनले बताए । सशस्त्र प्रहरी बल ९ नम्बर गण महोत्तरी जलेश्वरले बरामद गरेको युरिया मल आवश्यक जलेश्वर भन्सार कार्यलयमा बुझाइएको उनले बताए ।

Comment

Related News

Latest News

Trending News