२०७८ श्रावण १६, शनिबार ०८:१४

नेपालमा नागरिक अभियान मार्फत लोकतन्त्र र मानव अधिकार प्रवद्र्धन विषयक छलफल कार्यक्रम धनुषा लक्ष्मीनिया गाउँपालिका–७ मा सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार संगठनका धनुषा अध्यक्ष मनोज सिंह दनुवारको अध्यक्षता र प्रदेश नं. २ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख वक्ता नेपाल मानव अधिकार संगठनका केन्द्रिय अध्यक्ष महामुनेश्वर आचार्यको उपस्थिती रहेको थियो । लोकतन्त्र र मानव अधिकारको प्रबद्र्धनका लागि सचेत नागरिकको कार्यहरु प्रभावकारी हुन जरुरी छ । जसका लागि लोकतन्त्र र मानवअधिकारको संरक्षण, सम्वद्र्धन र विकासमा नागरिक समाजको भुमिका अहम छ । नागरिक समाजले संविधान र कानुन प्रदत अधिकारको जानकारी र चेतना आम नागरि कसम्म पु¥याउनुपर्छ, आम संचारलाई अंकुशरहीत र प्रभावकारी बनाउनुपर्ने लगायतका ११ ओटा बुँदाहरुमा छलफल गरिएको थियो । छलफल कार्यक्रममा नेपाली कांग्रेस धनुषाका जिल्ला सदस्य मदन घिमिरे, दलित आयोगका अध्यक्ष राम प्रवेश बैठा, नेपाल मानव अधिकार आयोगका प्रदेश नं. २ का संयोजक शंकर प्रसाद श्रेष्ठ, नेपाल प्रहरीका प्रदेश नं.२ प्रमुख उमेश रंजितकार, ओरेक नेपाल प्रदेश २ का संयोजक राजु पासवान, नेवि संघका केन्द्रिय संजिव यादव लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम उदघोष नेपाल मानव अधिकार संगठन धनुषा शाखाका सदस्य सुजित कापरीले गरेका थिए ।

Comment

Related News

Latest News

Trending News