२०७८ श्रावण १६, शनिबार १९:५२

पुरातात्वीक संचरनाको रुपमा रहेको वीरगन्ज शंकचार्यद्धार क्षेत्रको विकासबारे वीरगन्जमा बृहद छलफल भएको छ ।

मुलुकको प्रमुख प्रवेशद्वारको रुपमा रहेको शंकराचार्यद्धारलाई नै ओझेलमा पार्दै मनोमानीरुपमा प्रचार प्रसारका होडिगबार्ड लगायत गरिएका विभिान्न निमार्णहरुको बारेमा कार्यक्रमका सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए । वीरगंज–रक्सौल नाकाको मितेरी पुलदेखि रजतजयन्ती चोक सम्मको सडकको जिर्ण अवस्था महानगपालिकाद्धारा फालिने फोहरहरुका कारण पुराक्षेत्रनै दुर्गन्धित भएकोले उक्त क्षेत्रलाई स्वच्छ र सुन्दर बनाउन छलफलबाट निर्णय समेत गरिएको छ । वीरगंजको समाजिक संघ संस्था तथा स्वयमसेवकहरुको अग्रसरतामा वीरगंजको मितेरी पुल–रजत जयन्ती चोक सम्मको १३ सय मिटर दुरीलाई सौन्दर्यकरण गर्न चरणबद्ध रुपमा योजना अघि बढाउँदै अघि बढने सहमति भएको छ । बैठकमा शुरुमा उक्त क्षेत्रमा सरसफाई गरी गमलामा वृक्षारोपण गर्ने,कोइला र क्लिकर जस्ता डर्टी कार्गो बोक्ने गाडीहरुलाई पालले छापेर पानी छर्केर भित्रियाउने वातावरण मिलाउने,रजतजयन्तीदेखि मितेरी पुल सम्म व्यापारिक मार्गसंग समन्य गरी ६ लेनको ठेक्का अनुसार काम गराउने,हालको अवस्थामा सडक खाल्डाखुल्डी परेको भागलाई मरम्त गर्ने जस्ता निर्णय भएको छ ।

बैठकमा सबैले शंकराचार्य क्षेत्रलाई आकर्षक र सुन्दर बनाउन आ आफनो विचार प्रस्तुत गरेका थिए ।
ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सक्रियतामा आयोजनामा शनिवार राणीसति धर्मशालामा भएको सरोकारवालाहरुको बैठकमा वीरगंजका मेयर विजयकुमार सरावगी,पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे,भारतीय महावाणिज्य दुतावासका राजनैतिक कन्सुलर शैलेन्द्र कुमार,्पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे,सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका,वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल,होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त,व्यवस्थित वीरगंजका अध्यक्ष दिलिपराज कार्की,पर्यटन पत्रकार संघका शंकर आचार्य ,वीरगंज भोलेन्टियर समुहका राजन श्रीवास्तव,लगायतको सहभागिता थियो ।

Comment

Related News

Latest News

Trending News