२०७८ भाद्र ६, आईतवार १३:३९

आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।

आज छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले घटेर ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ ।  शुक्रबार सुन प्रतितोला ९१ हजार २  सयमा कारोबार भएको थियो । आज तेजावी सुन ३०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ४ सय रुपैया कायम रहेको छ ।

यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । शुक्रबार १ हजार १९५ मा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घट्दै १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।

Comment

Related News

Latest News

Trending News