२०७८ भाद्र १७, बिहीबार १३:५६

भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। हृदयघातका कारण शुक्लाको बिहीबार बिहान निधन भएको हो ।

शुक्ला टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका थिए । शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो करिअर शुरू गरेका थिए। टेलिभिजन सिरियल ‘बाबुलका आंगन छुटे ना’ बाट उनले डेब्यू गरेका थिए। उनी भारतको चर्चित रियालिटी शो बिग बोस सिजन १३ का विजेतासमेत हुन्।

Comment

Related News