२०७८ भाद्र २१, सोमबार १७:००

नेपालमा सोमबार थप १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ११ हजार ६ सय ९ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय ८८ र ४ हजार ३ सय ७० एन्टीजेन परिक्षणका क्रममा ४०९ जनामा कोरोना जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार २ सय १८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ८ सय ५८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ७ सय ४३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख २८ हजार ९ सय २८ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ३० हजार ९ सय ७३ संक्रमित आइशोलेशन र २ सय ६० संक्रमित क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म ३९ लाख ६९ हजार ७ सय २१ पिसिआर र ४ लाख ९२ हजार १ सय १४ वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News