२०७८ भाद्र २४, बिहीबार १६:४०

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १८४५ रहेको छ भने कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ । तीमध्ये १० हजार ९०३ जनाको मृत्यु भएको छ भने ७ लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५८ जना आईसीयू र १३९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०५ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News