२०७८ भाद्र २८, सोमबार ०६:४७

काठमाण्डु । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा गठित सरकारको दुई महिना पुग्दापनि पूर्णता पाउने समय निश्चित भइसकेको छैन् । दल बिभाजन सम्बन्धी अध्यादेश पुरानै अवस्थाको ४० प्रतिशतको संख्यामा नफर्के सम्म मन्त्रिमण्डल बिस्तार हुने संभावना छैन् ।

जनता समाजवादी पार्टी( जसपा)नेपालबाट महन्थ ठाकुर लगायत १२ जना सांसद लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)मा गएको र मन्त्रिमा नपर्दा अन्य केहि सांसदहरुले दल विभाजन गर्न सक्ने उच्च जोखिम रहेको छ ।सरकारले दल बिभाजन सम्बन्धी अध्यादेश संसदमा पेश गरिसकेकोले त्यसको प्रकृया पुरा गर्न समय लाग्ने भएको छ । मन्त्री बन्न नपाउनेले माधव नेपालको पार्टी फुटाउन सक्दैनन् । किनकी नयाँ दल ५ वर्ष विभाजन हुन सक्दैन । तर जसपालाई २० प्रतिशतको डर भएकाले यो अध्यादेश निष्क्रिय नभई वा प्रतिस्थापन विधेयकमार्फत पुनः ४० प्रतिशतकै प्रावधानमा नफर्की सरकारमा मन्त्री पठाउन सकिने अवस्थामा जसपा अध्यक्ष यादव छैनन् । संसदमा एमालेले निरन्तर अबरोधगरिरहेको छ ।संसदको बैठक २९ गते बोलाइएको छ ।तर त्यो दिनपनि संसद चल्ने टुंगो छैन् ।एमाले बिभाजन गर्ने माधवकुमार नेपाल सहित १४ जना सांसदको पद रित्त गर्न मागगर्दै संसदमा अबरोध खडा गरेको छ । प्रधानमन्त्री देउवाको उपस्थितिमा गठबन्धन दलहरुको आइतवार भएको बैठकमा नेताहरुसित मन्त्रीको नाम माग गरिएको थियो ।जसपाका अध्यक्ष यादव र एकिकृत समाजवादीका अध्यक्ष नेपालले केहि समय लाग्ने बताएपछि मन्त्रिमण्डल बिस्तार अनिश्चित भएको छ ।

माधव नेपाल लगायत १४ सांसद पदमुक्त हुनुपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको रिटमाथि सोमवार अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई बोलाइएको छ ।त्यसको निर्णयको प्रतिक्षापनि मन्त्रिमण्डल बिस्तारमा बाधक बनेको छ ।

Comment

Related News

Latest News

Trending News