२०७८ भाद्र ३१, बिहीबार ०७:०६

लहान । सिरहाको भगवानपुर गाउँपालिकामा पर्ने ठाडी नाकाबाट बुधवार साँझ नेपाल प्रहरीले चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला खुटोना पञ्चातका रबि महतो र पिन्टु महतो रहेका छन् । उनीहरुको साथबाट ५ किलो चाँदी बरामद भएको हो । नेपालबाट भारततर्फ जाने क्रममा चेकजाँज गर्दा चाँदी बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी चौकी ठाडीको टोलीले दुबै जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लहानमा बुझाएको छ । प्रहरी स्रोतका अनुसार उनीहरु लहानका सुनचाँदी व्यावसायीबाट चाँदी किनेर तस्करी गर्न लागेका थिए । लहानका अधिकांश सुनचाँदी व्यावसायीले सुनचाँदीको तस्करी गर्ने गरेका छन् । भारत लगेर बेच्दा बढी फाइदा हुने गरेका कारण सुनचाँदीको तस्करीमा लहानका व्यावसायीहरु लागेका हुन् ।

Comment

Related News

Latest News

Trending News