२०७८ भाद्र ३१, बिहीबार ०७:२९

जीतपुर । प्रदेश २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिजय कुमार यादवले बाराको रमौँलीस्थित ५५ बिग्हामा फैलिएको कृषि फर्मको निरीक्षण गरेका छन् ।

जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.८ र २० मा फैलिएको बौधिमाई मार्डन एग्रो फरेष्ट्री प्रा.लिको निरीक्षण गरेका हुन् । अवलोकन तथा निरीक्षणपछि मन्त्री यादवले एग्रो फरेष्ट्रीलाई सक्दो सहयोग गर्ने बताए । बौधीमाई मोर्डन एग्रो फरेष्ट्रीमा भैंसी पालन, माछा पालन, हाँस पालन र बाख्रा पालन गरिएको छ । फरेष्ट्रीमा २ सय भैसी र एक सय पाडा पालन गर्दै आएको छ । करिब ३ सय लिटर दुध दैनिक उत्पादन हुँदै आएको फरेष्ट्रीका निरीक्षक मनोज सहनीले जानकारी दिए । भैसी र पाडाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै दुई वटा भेटेनरी डाक्टरहरु फरेष्ट्रीले राखेको छ । गाईबस्तुको स्वास्थ्यलाई मध्य नजर गर्दै आउन सक्ने आर्थिक जोखिमलाई ध्यान दिँदै सम्पुर्णलाई पशु बिमा गरिएको बौधिमाई मोर्डन एग्रो फरेष्ट्री प्रा.लिका सञ्चालक राजमहम्मद राइनले जानकारी दिए । दैनिक उत्पादन भएको दुधसँग घिउ ,पनिर र खुवा उत्पादन गर्दै आएको छ ।

Comment

Related News

Latest News

Trending News