२०७८ आश्विन २३, शनिबार १६:५२

पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०३१ जनामा गरिएको नमूना परीक्षणमा ७६० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा ८९९ जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या १५३४० रहेको छ ।

Comment

Related News

Latest News

Trending News