२०७८ आश्विन २४, आईतवार ०७:४४

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा ‘सोलमेट क्याफे र रेष्टुरेन्ट’ को नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिवार शुभारम्भ गरेका छन् ।

स्थानीय बजरंग चोकमा सञ्चालनमा आएको सो क्याफे पूर्ण वातानुकूलित पारिवारिक वातावरण रहेको बताइएको छ । मिश्री चौधरी र मनोज चौधरी सञ्चालक रहेको क्याफेले सबै उमेर समूहका उपभोक्तालाई सन्तुष्टि दिने दावी गरिएको छ । सो अवसरमा प्रदेशको राजधानी जनकपुरधाम बनेसँगै होटेल, रेष्टुरेन्ट व्यवसाय फस्टाएको प्रसंग उल्लेख गर्दै प्रदेशको राजधानी जनकपुरधामलाई आफूले नै बनाएको दावी गरे ।

अघिल्लो समय जनकपुरधाममा पर्यटन व्यवसायको संभावना बढेको उनले थपे । उद्घाटन समारोहमा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव लगायत काँग्रेसका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।

Comment

Related News