२०७८ आश्विन २५, सोमबार ०७:१३

जनकपुरधाम । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र बहादुर हमालको राजिनामा जनताकै भावना अनुसार भएको बताएका छन । ‘जनताका भावना विपरित मन्त्री नियुक्त हुंदा दुई दिन नबित्दै राजिनामा दिने अवस्था आएको हो । ’ , उनले भने ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै नेता श्रेष्ठले संविधानमा गैर साँसदलाई मन्त्री बनाउने व्यवस्था अनुरुप मन्त्री बनाएको भएपनि जनताको ‘म्याण्डेड’ अनुसार राजिनामा गर्ने अवस्था आएको प्रष्ट पारे । राजिनामा दिने गरी मन्त्री किन बनाइयो जनताले प्रश्न गरेका बताउँदै नेता श्रेष्ठले भने, ‘संविधानमा रहेको प्रावधान अनुसार गैर सांसदलाई मन्त्री बनाइयो ।

तर प्रावधानको औचित्य पुष्टि गर्न सक्नुपथ्र्यो ।’ ८५ दिन भित्र मन्त्रिपरिषद् विस्तार गर्ने व्यवस्था भएको भन्दै गठबन्धनको आन्तरिक समस्याका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलो भएको उनले स्पष्ट गरे । सर्लाहीको लालबन्दीमा वाइसीएलले आयोजना गरेको कार्यक्रमा सहभागी हुने क्रममा जनकपुर विमानस्थल आएका थिए ।

 

Comment

Related News

Latest News

Trending News