२०७८ आश्विन २६, मंगलवार ०६:५६

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका नेता राजेन्द्र महतोले नेपाली–नेपाली बीचमा विभेद बिरुद्धको लडाइ जारी रहेको बताएका छन् ।

लोसपा हंसपुर नगर समितिले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता महतोले सबै जातजातीलाई देश सञ्चालन गर्ने बराबरको अधिकारको लागि संघर्ष गर्नु परेको बताए । महान पर्व दशैंको शुभकामना दिंदै नेता महतोले मुलुकमा मधेशीसंग विभेद र अन्याय भएकोले नेपाली–नेपाली बीच विभेद बिरुद्धको लडाइ जारी रहेको बताए । नेपाली–नेपाली बीच बराबर अधिकार मागेको हो, महतोले भने,‘विभेद विरुद्ध र पहिचानको अधिकारका लागि आन्दोलन गर्नु परेको छ ।’ मधेसी पनि देशको सबल नागरिक रहेकोले बराबरको अधिकार र सम्मानका लागि संघर्ष भइरहेको छ ।’ संघर्ष विना उत्पीडितले न्याय नपाउने भएकोले लडाई लडनु परेको छ, उनले भने । कार्यक्रममा प्रदेश सांसद परमेश्वर साहले नेपालीहरुको महान चाड बडादशैं, दीपावली तथा छठ पूजाको शुभकामना व्यक्त गर्दै मुलुकमा देखिएको राजनीतिक संकट समाधान हुने विश्वास व्यक्त गरे । सो अवसरमा हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डलले देश विदेशमा रहेका नेपालीहरुमा शुभकामना व्यक्त गर्दै देश विकासमा सबैले हातेमालो गरेर अघि बढनुपर्नेमा जोड दिए ।

नगर संयोजक लालबाबु यादवको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु मनोज चौधरी, सुरेन्द्र मण्डल, संजय चौधरी, संजय सिंह, रमण सिंह, जिल्ला अध्यक्ष प्रमोद यादव, वडा नं. २ का वडाध्यक्ष उदय साह, वडा नं. ७ का वडाध्यक्ष रामसेवक मण्डल, वडा नं. ९ का वडाध्यक्ष रामनरेश मण्डल, पप्पु चौधरी, नागेश्वर मण्डल, युवा नेता सुजित कापर, अमिर खान, इस्लाम कवारी, सुधिर मण्डल लगायतका नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

Comment

Related News

Latest News

Trending News