२०७८ आश्विन २६, मंगलवार ०७:०७

फिलीपिन्स सात हजार भन्दा बढी द्धिपहरुको देश हो र यो दक्षिण पूर्व एशियामा पर्दछ । यो देश चारै तिरबाट प्रशान्त महासागर, फिलीपिन्स समुद्र, दक्षिण चीन सागर, सुलु सागर एवं सेलीवेस सागरहरु द्धारा घेरिएको छ । यस देशका वासिन्द्याहरु मुख्य रुपमा मलयन जाति तथा चीनी एवं स्पेनिश जातिका छन भने यस देशमा धर्म मानेनहरुमा मुख्य रुपमा इश्लाम र कैथोलिक धर्म मान्नेहरु पाइन्छ । फिलीपिन्सको जनसंख्या चार करोड असी लाख भन्दा वढी छ र फिलीपिन्समा सेन्टीयागों यस्तो किला छ जहा“ फिलीपिन्सका स्वतंत्रता सेनानीहरुलाई उपनिवेशका शासकहरु द्धारा यातना र पीडा दी मारिएको थियो । यस ठाउमा राष्ट्रीय हीरो भनिएका डा.जोशे रिजाललाई पनि वंदी वनाइ राखिएको र भारी यातना दी १८९६ ई.मा हत्या गरी यसै भित्र दफनाइएको थियो । यस ठाउमा यातना दिने गुफा छ जो आज पनि अत्यन्त डर लाग्दो रहेको छ । फिलीपिन्सको भव्य एवं मनमोहक द्धिप बोराकाइ हो जसलाई फिलीपिन्समा धरतीको स्वर्ग भनिन्छ । यो द्धिप प्रशान्त महासागरमा पर्दछ । मनीलाबाट त्यहा“ पुग्न हवाइ जहाज, बस र समुद्री जहाज वाट पुगिन्छ । यस द्धिपमा जंगल पनि छ र पहाड पनि छ । सुर्यास्तको समय पश्चिम तिर समुद्रमा सुयास्तको दृश्य अत्यन्त मनमोहक हुन्छ ।

यो द्धिप देश विशेका पर्यटकहरुको लागि अत्यन्त आकर्षक पर्यटकीय स्थल हो र यस ठाउ“मा अनेक सुविधा सम्पन्न एवं सुसज्जित होटल एवं रिजोर्टहरु रहेको छ । यूरोपियनहरु यस ठाउमा आउनु भन्दा पूर्व फिलीपिन्स दक्षिण पूर्व एशियाका देशहरुका आर्थिक कारोबारको क्षेत्र रहेको थियो र यि कारणहरुले गर्दा यस क्षेत्रका संस्कृतिलाई समृद्ध तुल्याएको थियो ।यस क्षेत्रका प्रारंभिक वासिन्दाहरु आएर सागर छेउमा बसेका थिए कारण यिनीहरु समुद्री शिकारीहरु थिए । यिनीहरुके साथमा पत्थरका विकसित तकनीकको साथै कृषि सम्बन्धी अनुभव पनि थियो । फिलीपिन्समा प्रचलित मुद्रा पेशो हो र पोशाकलाई बैरौग भनिन्छ । मुख्य उपज धान, चीनी, नरीवल, तम्बाकू र अन्य अनाज र तरकारीहरु छन । यस देशमा अधिकांश शिखरहरु ज्वालामुखीय छन जसमा एक दर्जन भन्दा वढी अहिले पनि जीवित छन । स्पेनिश सेना द्धारा प्रथम पटक १५६५ मा मुश्लीम शासक राजा सुलेमानलाई पराजित गरी स्पेनिश शासन स्थापित गरेको थियो र २५० वर्ष सम्म यो देश व्यापारको एशियाको केन्द्रका रुपमा रहेको थियो । यो देश सन १९४६ सम्ममा स्पेन, अमेरिका र जापान आदि देशहरुको शासन सतामा रहेको देखिन्छ । फिलीपिन्सको राजधानी मनीला छ र यो पासीग नदीले घेरिएको छ । वारहौ र तेरहौं शताब्दीमा मनीलालाई “मेनीलाड” ९ःबथ(ल्ष्बिम० भनीन्थ्यो । यो फुल फुल्ने झुरमुट भएको ठाउ“ थियो । यो ठाउ“ मुश्लीम प्रधान राजा सुलेमानको शासनको अधिन थियो र ई.१५६५ मा स्पेनिश सेना द्धारा आङ्खनो अधिन गरिएको थियो जो यस देशको इतिहासहरुमा उल्लेख भएको पाइन्छ । गणतंश फिलिपिन्समा सन १९६५ ई.मा फर्निनेन्ड मारकोस राष्ट्रपति पदमा चुनिए । तर आङ्खनो देश हितको विपरीतको कार्यहरु प्रारंभ गरे र नियम कानूनहरु हातमा लिएर आङ्खनो दोस्रो कार्यकालका मारर्कोसले मार्शल कानून देशमा लागू गरी दिए । मार्कोश राष्ट्रपति न भै तानाशाह जस्तो व्यवहार प्रारंभ गरेको कुरा पत्ता लाग्छ ।

उनले सुप्रसिद्ध फिल्मी नायिका एमिल्डा मार्कोश संग विहे गरेको बताइन्छ जो अत्यन्त शौकिन महिला थिइन । (हेर्नुस मेरो पुस्तक “हमर विदेश भ्रमण” प्रकाशक – नेपाल प्रज्ञा प्रतिष्ठान) राष्ट्रपति फर्डिनेन्ड मार्कोशको निवास मनीला स्थित मलकनान पैलेस बनाउनु भयो जो पासीग नदीको उतर तिर स्थित छ । यो प्रासाद अत्यन्त भव्य एवं आकर्षक छ र यो प्रासाद स्पेनिस शासन कालमा स्पेनिश राजकुमार फिलीप द्धारा यसको निर्माण गरिएको थियो । यो स्पेनिश वास्तुकलाको स्वरुपमा सन १७६२ ई.मा निर्माण गरिएको थियो । यो अब दुइ सय वर्ष भन्दा पनि पुरानो भै सकेको छ । तर अब यो स्पेनिशको शासन काल देखि देशको शिखरमा वसेका व्यक्तिहरुको प्रतीक बनी सकेछ यो प्रासाद अब सताको प्रतीकको रुपमा स्थापित भैसकेको छ । यस ठाउमा यो भवन बन्नु भन्दा पहिला वा“सको बन र झुर मुटहरु थियो जहा“ भूतप्रेतहरुको वास थियो । तर अब यो महल बनी सके पछि स्पेनिश उपनिवेशको समय देखि देशको शिखरमा वसेका व्यक्तिहरुको प्रतीक बनी सकेको भनिन्छ । शुरुमा १८ वटा स्पेनिश गर्वनर जेनरल, १४ वटा अमेरिकी सिविल गवर्नरहरु र नौवटा फिलीपिन्सका राष्ट्राध्यक्षहरुको वास रहेको बताइन्छ । यस प्रासादमा यस्तो ठाउ“ र कक्षहरु छन जो राष्ट्रपति मार्कोशको एयासी जीवन संग प्रत्यक्ष हुन सकिन्छ । मार्कोशका शयन कक्ष, उहा“का भोजनालय, पोशाक कक्ष, दा“तको क्लिनीक, सैलून, व्यक्तिगत अस्पताल, संतानहरुको पोशाकहरुको कक्ष, सय होइन हजारको संख्यामा मार्कोश तथा लेडी मार्कोशका पोशाकहरु, हजारौंको संख्यामा जूताहरु, एमिल्डा मार्कोशका दुइ हजार गाउन एवं तीन हजार जोडा जुताहरु, गरगहनाहरु पूर्व राष्ट्रपति मार्कोश एवं लेडी मार्कोशका ऐच्चासी जीवनका चित्रहरु देखाउछ । एमिल्डा मार्कोशको ऐच्चाशीको अर्को उदाहरण मनीला वे स्थित नेशनल कल्वरल सेन्टर पनि छ जो एमिल्डाको पारभाइसमा वनेको अत्यन्त भव्य भवन हो । यो भवन अत्यन्त सुविधायुक्त भव्य एवं विशाल छ । मार्कोशको शासनमा भ्रष्टाचार र आर्थिक दुरावस्थाको कारण फिलीपिन्सका जनता अत्यन्त पीडित भै रहेको अवस्था थियो र भित्रै भित्र आक्रोशित भै रहेका थिए ।

यसै कारणले गर्दा मार्कोशको सेनामा विद्रोह भयो र फिडेल भी रामोश, ज्वान पौन्स येनरील, अगपीटो बज अक्कीनो र जैमे कार्डिनल सीन जस्ता शक्तिशाली व्यक्तिहरुको नेतृत्वमा फिलीपिन जनताद्धारा भारी विद्रोह भयो र यिनीहरुद्धारा मार्कोशको शासनमा विद्रोहको विगुल वजाइ दियो । यसमा जेनरल रामोस र येनरील जो मार्कोशको सेनाका प्रमुख पदहरुमा थिए सेनाबाट विद्रोह गरी २२ फरबरी १९८६ मा जनतालाई संगठित गरी मार्कोशको सताको विरोधमा आए । जेनरल रामोस संग दुइ लाख मानिसहरु थिए भने नवेहजार मानिसहरु उनी माथि आश्रित थिए । जेनरल रामोश चालिस वर्ष सम्म सेनामा काम गरेका थिए र आङ्खनो सैनिक साथीहरु रामोशलाई आदरको दृष्टिले हेर्ने गरेका थिए र त्यो चालिस वर्षमा उनी नीकै ख्याति प्राप्त गरेका थिए । उनी सेनाबाट विद्रोह गरी बाहिर आए पछि फिलीपिन्सका जनताहरु र अंतराष्ट्रीय क्षेत्रमा नीकै प्रसंशा गरिएको थियो । यो विद्रोह अनौठो यस कारणले थियो किनकि यो विद्रोह अहिंसक थियो जसमा सेना भित्रका कतिपय ब्रिग्रेडियरहरुको सहयोग प्राप्त थियो । मार्कोशका वफादार सैनिकहरुलाई भनिएको थियो कि त तपाइहरु विद्रोहमा साथ दिनुस सो नगरे तटस्थ वस्नुस । यसै कारणले यस जन विद्रोहमा धन–जनको क्षति न भै खून खराब पनि भएन । विभीन्न देशका राजदूतावासहरु द्धारा समर्थन प्राप्त भयो भने देशका र विदेशका धेरै पत्रपत्रिका र संचार माध्यमहरु द्धारा यस विद्रोहलाई समर्थन र सहयोग गरेको पता लाग्छ । देशका प्रत्येक क्षेत्रका प्रत्येक जात जाति, प्रत्येक जनजाति, प्रत्येक भाषा भाषीहरुले यस विद्रोहमा सहभागी र सहयोग गरेका थिए यसै कारणले यसलाई एभयउभि (एयधभच च्भखयगितष्यल पनि भनिएको थियो । मनीलाको सडकमा मानव सागर उमडेको थिो त्यो दिन अर्थात फरबरी २२, २३, २४ र २५ का दिनहरुमा । सन १९८६ को फरबरी २५ मा मार्कोशको तानाशाही समाप्त भयो र हत्या गरिएको विरोधी नेता बेनीनो अकिनो जुनियर की विधवा कोराजोन सी अक्किनोलाई देशको प्रमुख बनाइएको थियो । कोराजोन सी अक्किनो फिलीपिन्सकी सातौं राष्ट्रपति भएकी थिइन ।

तर उनी राष्ट्रपति भएपछि यस मलकनान प्रासादलाई आङ्खनो निवास एवं कार्यालय बनाउन मान्नु भएन र उनी अर्कौ भवनमा आङ्खनो निवास एवं कार्यालय बनाए । तर यो मलकनान प्रासाद शताब्दी देखि देशको उत्थान – पतनको साक्षी रहेको छ । देशको निर्माणमा यस प्रासादको अहम भूमिका रहेको छ । पहिला यो भवन सर्व साधारणको लागि बंद थियो तर १९८६ को जनक्रान्तिको बेला देखि सर्व साधारणको लागि पनि खोलिएको छ । अब यस प्रासादमा म्युजियम छ र राष्ट्रीय कार्यक्रमहरुको आयोजन यसै प्रासादमा गर्ने गरिएको छ ।

Comment

Related News

Latest News

Trending News