२०७८ आश्विन २६, मंगलवार १३:३१

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाँउपालिका कार्यालयका पशु अधिकृत मोहिबुल अन्सारीले गैरकानुनी ढंगबाट करारमा कर्मचारी भर्ना गरेर मनोमानी गरिरहेको आरोप पालिकाका लेखापाल नरेन्द्र यादवले लगाएका छन ।

अधिकृत मोहिबुलले गैरकानुनी ढंगबाट करारमा नियुक्ती गरेका ८ जना कर्मचारीहरुको रित नपुगेको कागजपत्र आर्थिक प्रशासन शाखामा पेश गराउन लाग्दा आफुले सो पत्र नबुझेको निहुँमा आक्रमण समेत गरेको गुनासो लेखा प्रमुख यादवले पोखे । मोहिबुलले कोभीड–१९ कार्यक्रममा १० जना , कम्प्युटर अपरेटरमा ७ जनाको करारमा नियुक्ती गरेका थिए । यी मध्ये कसैको पनि प्रचालित कानुन बमोजिम कागजपत्र तलब भत्ताको लागि रीत नपुगेकोले मैले पत्र नबुझेको यादवले स्पष्ट पारे । लेखापाल यादवले पत्र नबुझेपछि अन्सारीले सात आठ जनाको समूहमा आएर ज्यानमार्ने धम्कि दिँदै नीजि घरमा रहेको आक्रमण समेत गरेको दुखेसो पोखे । यादवले अन्सारी , कार्यरत कर्मचारीहरु कृष्ण कुमार झा , अबुताहा शेष ,रउफ आलम , सबीर अन्सारी ,एजाज आलमलाई बिपक्षी बनाई कारवाहीको मांग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन उजुरी दर्ता गराएका छन । उजुरीमा भनिएको छ , ‘ रीत र कानुनी पक्रिया पुरा नगरी तलब भत्ताको कागजात प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुर समक्ष पेश गर्दा अध्यक्ष संग छलफल गरि विपक्षी कर्मचारीहरुको तलब भत्ता उपलब्ध गराउन म निवेदकलाई मौखिक रुपमा आदेश दिईए पनि मिलोमतोमा कर्मचारी भर्ना गरेर सोही कर्मचारीहरुलाई मेरो विरुद्ध उक्साई धाक , धम्कि दिंदै ज्यान समेत मार्ने धम्कि दिंदै आएको छ । ’

Comment

Related News

Latest News

Trending News