२०७८ आश्विन २७, बुधबार ०७:००

जनकपुरधाम । जनता समाजवादी पार्टीका प्रदेश साँसद रामअशिष यादवले नेपालमा रहेको जडिबूटीको सही किसिमले प्रयोग भएमा मुलुकलाई आर्थिक रुपमा सबल बनाउने बताएका छन ।

गुर्जो र पथरचट्टाको महत्वबारे प्रकाश पार्दै उनले गुर्जोले ब्लड लगायतको शारीरिक अंङ्गलाई सुगठित बनाउनमा मद्त गर्छ भने पथरचट्टा विरुवाले पेट सम्बन्धी सबै रोग निर्मुलनमा उपयोगी औषधिको रुपमा प्रयोग हुने बताउँदै साँसद यादवले भने, ‘सर्वत्र पाउने गुर्जो, करीपात, पारीजात, पत्थरचट्टा, लेमोन ग्रास अधिकांश रोगमा औषधिको काम गर्छ । तर जडिबूटीको पहिचान गर्न नसक्दा हामीहरु अँग्रेजी (एलोपैथ) औषधीको सेवन गर्न बाध्य रहेको उनले गुनासो गरे । जनकपुर जेसीजद्वारा मंगलवार आयोजित एक कार्यक्रममा साँसद यादवले भने ,‘ जसले दैनिक योग गर्छन र आयुर्वेदिक जडिबूटीको प्रयोग गर्छन ती व्यक्तिलाई कहिले पनि रोग लाग्दैन, लागेको व्यक्तिको रोग पनि योग र आयुर्वेदिक औषधी सेवनबाट न्यूनिकरण हुँदै जान्छ । ’ नेपाल जडिबूटीको बगान रहेपनि यसको सही सदुपयोग राज्यले गर्न नसकेको दुखेसो समेत उनले पोखे । जेसीज धनुषाका अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा जडिबूटी विशेषज्ञ कमल बहादुर राजलवटले नेपालमा उपलब्ध जडिबूटीको बारेमा विशेष रुपमा बताएका थिए । उनले भने,‘ हामीहरुको आसपास जताततै जडिबुटी छरिएको छ , तर त्यसको सेवनविधि र पहिचान गर्न नसक्दा हामीलाई रोग लागेपनि उपचार गर्न पाईरहेका छैनौ । ’ त्यस्तै योगगुरु विमल पण्डितले योगका साथ–साथै जडिबूटीको सेवन आवश्यक हुने गरेको बताए । उनले भने, ‘नेपालमा आयुर्वेद शिक्षा आवश्यक छ । घरकै वरिपर जडिबूटी हुँदाहुँदै पनि उपचारको अभावमा हजारौ व्यक्तिको मृत्यु अल्पायूमै हुने गरेको छ । ’

त्यसैगरी, जनकपुरधाम उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बु साहले नेपाल सरकारले जडीबुटीको व्यवसायी करण नगरेसम्म समस्या यथावत रहने बताएका छन् ।

Comment

Related News

Latest News

Trending News