२०७८ आश्विन ३१, आईतवार १४:५१

महोत्तरीमा दुर्गाजीको प्रतिमा विसर्जन गर्न गएका एक युवकको पानीमा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने १८ वर्षीय सुमित साह रहेको प्रहरीले जनाएको छ । शनिबार स्थानीयहरुसंगै मूर्ति विसर्जन गर्न गएका सुमित साँझ घर नफर्केपछि आफन्तले खोजविन सुरु गरेका थिए ।

सुमितको शव आइतबार बिहान करिब ११ बजे जलेश्वर स्थित भार्गवसर पोखरीमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सुमित मादक पदार्थ सेवन गरेर मूर्ति विसर्जन गर्न जाँदा मूर्तिले च्यापिएर डुबेको देखिएको छ ।

सुमितको मृत्युको विषयमा पोस्टमार्टमपछि मात्र थप कुरा बाहिरिने जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।

Comment

Related News