२०७८ कार्तिक ७, आईतवार ०७:३१

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने खालको उद्योग र कलकारखाना स्थापना गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् ।

धनुषाको ढल्केबरमा जानकी अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रथम वार्षिक सधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको आठ वटै जिल्लामा उद्योग स्थापनाका लागि उर्वरभूमि रहेको बताए । मुख्यमन्त्री राउतले भने,‘ यस प्रदेशको विद्युतीय सुविधा र उत्पादित समानलाई बजारसम्म ढुवानी गर्न अति नै सजिलो हुनेभएकोले उद्योग स्थापनाका लागि अत्यन्त सहज र उर्वरभूमि छ । ’ मुख्यमन्त्री राउतले प्रदेश सरकारले उद्योगीलाई सहयोग हुनेगरी ऐन कानुन निर्माण गर्नेदेखि आवश्यक पर्ने वातावरण तयार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । मुख्यमन्त्री राउतले अटोमोबाइल क्षेत्रको विकासका लागि प्रदेश २ सरकारले योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरे । राउतले प्रदेशमा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गर्दै भने ,‘ प्रदेश २ सरकार उद्योग ऐन ल्याईसकेको छ, अब उद्योग सञ्चालन गर्न सहज हुनेछ तसर्थ यसमा लगानी गर्नुपर्छ म यहिँ मञ्चबाट उद्योगीहरुलाई आग्रह गर्दछु । ’ मुख्यमन्त्री राउतले उद्योग सञ्चालनको तयारी गर्न आग्रह गर्दै वातावरण निर्माणको जिम्मा प्रदेश सरकारको हो र यसको लागि प्रदेश सरकार प्रतिबद्ध छ । मुलुकको आर्थिक समृद्धि एवम् रोजगारीको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाह गर्दै आएको अटोमोबाईल क्षेत्र प्रति केन्द्रीय सरकारको धारणा सकारात्मक नहुनु दुःखद रहेको समेत उनले उल्लेख गरे ।

Comment

Related News