२०७८ कार्तिक ७, आईतवार ०७:३४

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भौतिकवादी युगमा मानिसलाई अहिंसाको बाटोमा डोर्याउन अध्यात्मिक शिक्षाको महत्व धेरै रहेको बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित ब्रह्मकुमारी राजयोगसेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला वाटिकाको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । ‘कुनै पनि धर्मका धार्मिक शिक्षाले मानिसलाई अहिंसाको मागमा चल्न सिकाउछन्, मुख्यमन्त्री राउतले भने,‘धार्मिक शिक्षाले पनि समाजलाई जोड्छ,धार्मिक सद् भाव बढाउँछन्, भाईचारा, मानव कल्याण र विश्व शान्तिको वकालत गर्छन् ।’ पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्रसंग सम्बन्धी प्रशिक्षण सञ्चालन हुने जनाईएको छ । सेवा केन्द्रको नेपाल निर्देशक राजदीदीमा को अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेश सभा सदस्यहरु सत्रुधन महतो, रामअशिष यादव , परमेश्वर साह, शारदा थापा सहित समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News