२०७८ कार्तिक ७, आईतवार ०७:४१

जनकपुरधाम । सीके राउतको सचिवालयबाट आएको धम्कीपूर्ण वक्तव्य मानवता विरोधी रहेको भन्दै सुरक्षाको प्रत्याभूति नभए कामकाज ठप्प पारी साँचो सरकारले बुझाउने भएको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएसन प्रादेशिक केन्द्र जनकपुरधामले शनिवार पत्रकार सम्मेलन गरी सीके राउतको धम्की पूर्ण अभिव्यक्तिले यहाँ काम गर्ने बातावरण नरहेको भन्दै उनीहरुले कामकाज ठप्प पारी सरकारलाई साँचो बुझाउने निर्णय गरेको जनाएको छ । पत्रकार सम्मेलनमा एशोसिएनका अध्यक्ष नन्द किशोर यादवले ईन्जिनियरहरुको सुरक्षा संग हामी कुनै सम्झौता गर्न नसक्ने अवस्थामा रहेकोले सीके राउतको सचिवालयको आधिकारिक फेसबुक पेज मार्फत फोटो सहित धम्कीपूर्ण भाषामा गरिएको पोष्ट निन्दनीय र खेदपूर्ण रहेको बताए । दोषीमाथि कडा कारवाही गरी राज्यले ईन्जिनियरहरुको सुरक्षाको प्रत्याभूति दिलाउन नसके हामीले पेन डाउन गरी साँचो सरकारलाई बुझाउ जानकारी दिए । जुलुशमा सहभागी ईन्जिनियरहरु को– को हुन त्यसलाई चिनिराख भनि किटान गरेर धम्की दिनु अलोकतान्त्रिक र छापामार शैली अपनाएर यहाँ आतंक सृजना गरेको उनले आरोप लगाए । ‘राउतको सचिवालयबाट जारी बक्तव्य अपराधिक मात्र होइन, आतंकी शैली इन्जिनियरहरु स्वीकार नगर्ने र इन्जिनियरहरुलाई कम नआक्न एसोशिएसनका सचिव अजितकुमार यादवले सीके राउतलाई चेतावनी दिए । दोषीमाथि कडा कारवाही गर्न प्रहरी प्रशासनले आलटाल गरे देशभरकै ईन्जिनियरहरु आन्दोलित हुने चेतावनी केन्द्रीय सदस्य लक्ष्मण यादवले दिए । एशोसिएनले चरणबद्ध आन्दोलनको क्रममा आइतवार जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा, मानवअधिकार आयोगको कार्यालय जनकपुरधाममा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको सो पत्रकार सम्मेलनमा जानकारी दिए ।

ईन्जिनियरहरुलाई सुरक्षाको प्रत्याभूति गराउने माग सहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय जनकपुरधामको परिसरमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्ने एशोसिएनले जनाएको छ । त्यसै गरी एशोसिएनले कार्तिक ७ देखि ९ गते सम्म बिहान १० बजेदेखि १२ बजे सम्म सरकारले तोकेको अत्यावश्यक सेवा बाहेकका कार्यस्थलमा पेन डाउन गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ । त्यसपछि पनि ईन्जिनियरहरुको माग सम्बोधन नगरिए कार्तिक ९ गते पछि थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

Comment

Related News