२०७८ कार्तिक ७, आईतवार ०७:५२

जनकपुरधाम । नेकपा एमाले पार्टीको धनुषामा १ सय ७० मध्ये १ सय १७ वटा वडामा वडा अधिवेशन सम्पन्न भएको छ ।

जिल्लाका सबै वडामा उद्घाटन सत्र सम्पन्न भएपनि ११७ वटा वडामा मात्रै शनिवार वडा अधिवेशन सम्पन्न हुन सकेको एमालेका धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए । ११७ वटै वडामा सर्वसम्मतिले नै अधिवेशन सम्पन्न भएको उनले बताए । १७० वटै वडामा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भईसकेको छ, उनले भने–‘बाँकी रहेका वडाहरुमा सहमतिले नै नेतृत्व चयन गरिने विषयमा छलफल पनि भईरहेकोले आइतवार सम्म सबै वडाको अधिवेशन सम्पन्न हुनेछ ।’ कार्तिक ९ गते गाउँपालिका, नगरपालिकाको अधिवेशन रहेकोले त्यस अघि नै वडा अधिवेशन गर्नुपर्ने बाध्यता रहेकोले आपूmहरु त्यसमै सक्रियतापूर्वक लागेको उनले बताए । नेकपा एमालेको अगामी मंसिर १० गते महाधिवेशनको समय तोकिएको छ । पार्टीको महाधिवेशन पश्चात मात्रै जिल्ला अधिवेशन हुने उनले बताए । पार्टीको वडा अधिवेशन गराउन यतिवेला एमालेका जिल्ला नेताहरु आ–आफ्ना क्षेत्रमा सक्रिय भएको छ ।

Comment

Related News