थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
जनकपुर टुडेजनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।जनकपुर टुडे विशेष
नेपालमा शनिबार थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार १ सय ३४ पिसिआर परिक्षणका क्रममा १ सय २८ जना र १ हजार ७ सय ९८ जनाको एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार २ सय ३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ३ सय ९६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९४ हजार ८ सय ३४ जना निको भएका छन् । हाल ८ हजार १ सय ४४ सक्रिय संक्रमित आइशोलेशन र १ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका बिरामीमध्ये १ सय ९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।