थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

जनकपुर टुडेजनकपुर टुडे मेडिया ग्रुप प्रालिद्वारा प्रकाशित जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिका मधेशको पहिलो 'क' वर्गको पत्रिका हो । हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

जनकपुर टुडे विशेष

नेपालमा सोमबार थप ३ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय ६ पिसिआर परिक्षणका क्रममा ३ सय ७१ र २ हजार ४ सय २० एन्टीजेन परिक्षणका क्रममा १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ७ सय ६५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएका छ । हालसम्म नेपालमा ११ हजार ४ सय ५३ जनाको कोरानाका कारण मृत्यु भएको छ । त्यस्तै थप ४ सय २५ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९५ हजार ८ सय २२ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ६ सय ५४ सक्रिय संक्रमित आइशोलेशन र १ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।