२०७८ मंसिर ४, शनिबार ०९:०८

नेता र नेतृत्वको विषयमा राजनीतिक दार्शनिक एलन कीथ गेनेटेंकले लेखेका थिए – ‘ नेतृत्व यस्तो कला हो , जसले अन्तत : आमजनका लागी यस्तो मार्ग बनाउ“छ जसमा सबैको योगदान हुन्छ अनि सामुहिक योगदानबाट केही असाधारण गर्न सक्छन् । अंग्रेजी शब्दकोषमा नेताको परिभाषा यसरी दिइएको छ – the person who leads or commands a group, organization, or country. । सोही शब्दकोषमा नेता अर्थात् लिडरसंग मेल खाने समानअर्थी शब्दको सूचि पनि दिइएको छ । chief, head, principal, boss, commander, captain, figurehead, controller, superior, kingpin, headman, mover and shaker, chairman, chairwoman, chairperson, chair, convener, moderator, director, managing director, MD, manager, ETC.

मुलुक अनिर्णयको बन्दी बन्दै छ । संघीय संसदमा दर्जनौं विधेयक र अध्यादेशहरु थाती छन् तर संसद स्थगित छ । सर्वोच्च अदालत युद्ध मैदानमा परिणत भएको वेला सत्ताधारी र प्रमुख प्रतिपक्ष रमिते बनेको छ । मुलुकको अर्थतन्त्र धाराशायी बन्दै छ , अर्को तर्फ भ्रष्टाचार नित नयाँ कीर्तिमान बनाउँदै छ । जनकपुरको कुरा गरौं भने नगर फोहरको डुंगुर बनेको छ । ऐतिहासिक तिरहुतिया गाछी डम्पीङ साइट बनेको भन्ने विवाह महोत्सवमा लाखौंको जमघट हुने बारहवीघा रंगभूमि मैदान खुला सौचालयमा परिणत भएको छ । दक्षिण तर्फको खाली भाग एम्बुलेन्सको नि : शुल्क पार्किङ । मठ मन्दिरका जग्गा मासिदै छ । सरोकारबालाहरु मौन धारण गरेका छन् । संविधान जारी भएको ६ वर्ष भयो तर मौलिक अधिकारको रुपमा दरिएको नागरिकता समस्या समाधान हुन सकेको छैन । नागरिकताविहीन युवा युवती स्टेटलेसको अवस्था छ । एक थान सिमसम्म खरीद गर्न पाएका छैनन् । प्रादेशिक संरचनालाई संस्थागत गर्ने कानूनहरु निर्माण हुन सकेको छैन । जनकपुरवासीको रेल कुद्ने आशा कानून बन्न नसकेकै कारण पूरा हुन सकेको छैन । समग्रमा भनौं भने व्यवस्थापिका संसद कामविहीन बनेको छ । प्रदेश २ सरकारसंग अहिले दुई तिहाई बहुमत छ । रपनि प्रदेशको नामाकरण र स्थायी राजधानीको छिनोफानो हुन सकेको छैन । अध्यादेश मार्फत विश्वविद्यालय स्थापना सम्बन्धी कानून निर्माण गर्नु परेको छ । मुलुक असल नेताको खोजीमा रहेकोवेला नेता र नेतृत्व बारे थोरै शास्त्रीय विष्लेशन आवश्यक होला जस्तो लाग्यो । मुलुक समस्याग्रस्त रहेको वेला असल नेताको खोजी हुन्छ । आमजनको सदीक्षा हुन्छ – असल नेताले असल नेतृत्वमार्फत मुलुकलाई अग्रमणतर्फ डो–याउन सकोस ।

तर विडम्बना नेताहरु अभिनेता जस्ता व्यावहार देखाउन थालेका छन् । समय अनुसार भाषा फेर्ने , भूगोल अनुसार भेष बद्ल्ने , धर्म अनुसार विचार फेर्ने अनि सांस्कृतिक परिवेश अनुसार भाषणवाजी गर्ने नेताहरुको साझा चरित्र बन्न पुगेको छ । असलमा नेताहरु जनताका सेवक हुन् । जनताको मतबाट सत्तासुख उपभोग गर्ने नेताहरु अचेल आफूलाई देवी देवताको श्रेणीमा गणना गर्न थालेका छन् र त नेताजीहरुलाई क्वीन्टलका क्वीन्टल फूलको माला चाहिएको छ । एयरपोर्टदेखि कार्यक्रमस्थलसम्म जयकारा लगाउने हनुमानजीहरुको भिड चाहिएका छन् । धन्य हाम्रा युवाहरु सेवकलाई भगवान बनाउन तछाडमछाड गर्दै छन् । महोत्तरी र सर्लाहीको कार्यक्रममा सहभागी हुन जानेक्रममा पछिल्लो पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पटक पटक जनकपुर हवाई अडामा उत्रे । सञ्चारकर्मीहरुसंग कुरा गरे अनि पटक पटक नागरिकता समस्या यथाशिघ्र समाधान गर्ने , अध्यादेश ल्याएर भएपनि बिलम्ब नगरी रेल संचालन गर्ने वाचा गरे । प्रचण्ड होस् , बाबूराम भट्टर्राइ होस, शेरबहादुर देउवाहोस , ओली होस वा गृहमन्त्री बालकृष्ण खांड नै किन नहोस , हवाई अडामा झर्ने बित्तिकै उहाँका कार्यकर्ताहरुले उनिहरुलाई मधेसको प्रतीक भनिने गमछा लगाई दिने गर्छन । गमछा लगाउने बित्तिकै उनिहरु मधेसी बन्नु हुन्छ अनि मधेसको जल, जंगल, नागरिकता, संविधान संशोधन जस्ता नाराहरु उनिहरुको जिब्रोमा टासिन पुग्छन । मञ्चमा यी विषयहरुको सिलसिलेवार वाचणले ताली पाउँनेनै भए । धर्म संस्कृति विषयक चिन्तनबाट मुक्त हाम्रा नेताहरुमा एउटा अर्को विशेषता पनि छ । मुसलमान धर्माम्बलम्बीको कार्यक्रममा सहभागी हुंदा मुसलमानी टोपी लगाउने , जानकी मन्दिर जांदा पाग वा मुरेठा बांध्ने । पशुपतिनाथ मन्दिर जांदा रुद्राक्ष धारण गर्ने अनि आदिवासी जनजातिका कार्यक्रमहरुमा सहभागी हुंदा उनिहरुको पाम्परिक पोषाक धारण गरिदिने ।

नेताजीहरुले छेपारो जस्तो रुप रंग फेर्नु भन्दा पनि यी धर्म,संस्कृति तथा क्षेत्रको विकासको लागी सकारात्मक पहल गरिदिदा वेस हुनेथियो भने मेरो ठहर छ । राजनीति दार्शनिक स्मिथले भनेका छन् – यदि कुनै व्यक्तिसंग सुन्दर र बहुमूल्य घडी छ तर घडी समय ठिक देखाउदैन । अर्को शब्दमा भनौ भने बिग्रेको छ । सुन्दर र बहुमूल्य घडी मर्मत गर्न ऊ सामान्य मर्मतकर्तालाई दिदैन । ऊ घडीको अन्तरंग कुरा नबुझेको पनि हुन सक्छन् । त्यसैले मंहगो घडीको मर्मत मंहगा तथा सिपालु मर्मतकर्तालेमात्र गर्न सक्छन् । मुलुक हांक्न पनि यस्तै हुदा रैछन् । प्राकृतिक सम्पदाले परिपूर्ण , भौगोलिक विविधताको खजाना अनि सस्तो श्रमको प्रचूरता रहेको हाम्रो जस्तो सुन्दर र बहुमूल्य देशलाई अचेल सिपालु घडीसाज ( मर्मतकर्ता ÷नेता ) चाहिएको छ । जो मुलुकको विविधताका जानकार होस् । जसमा मुलुक हांक्ने सिप र मिहिनेत गर्ने आंट होस् । जो सामुहिक योगदानबाट केही असाधारण गर्न सकोस् ।

Comment

Related News