२०७८ मंसिर ४, शनिबार १५:१५

भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु सयभन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बिहान जानकारी दिएका छन् ।

निरन्तरको अत्यधिक वर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्वारकार्यमा खटिएकाले बताएका छन् । बाढीले विषेश गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ । बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्वारका लागि सुरक्षाकर्मी, उद्वारकर्मी र स्वयमसेवकको टोली खटिएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात ओटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

खोजी तथा उद्वारकार्य जारी रहेपनि सय जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरुमध्ये अधिकांशलाई जिवितै भेटिने सम्भावना कम रहेको उद्वारकर्ताको भनाइ छ ।

Comment

Related News