२०७८ मंसिर ९, बिहीबार ०६:५८

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकिकृत समाजवादी(एस)काअध्यक्ष माधव कुमार नेपालले आफूहरु दक्षिणपन्थी भासमा नभासिएको दावी गरेका छन् ।

पार्टीको कार्यालयको बुधवार जनकपुरधाममा उद्घाटन पश्चात नेपालले क्रान्तिकारी सोचका साथ अघि बढ्ेको बताए । “पूर्वमेचीदेखि महाकालीसम्म आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ”, उनले भने, “सात प्रदेशमध्ये २ वटा प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ । प्रदेश नं २ मा पनि हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं । यो कुरा सबैलाई थाहा छ ।” ‘हाम्रो शक्ति देखेर उनी (केपी ओली)आतिएका छन्, छटपटिएर अन्ट–सन्ट बोल्न थालेका छन् गाली–गलौजमा उत्रेका छन्’ उनले भने, तर हामीलाई त्यसले केही फरक पर्दैन। ’ को कुनै फरक पर्दैनन् ।’ नेपालले हाम्रो पार्टीको शक्ति देखेर केपी ओली असन्तुलित अवस्थामा पुगेको बताएका छन् । मुलुकको ७ मध्ये दुई वटा प्रदेशमा हाम्रो मुख्यमन्त्री रहेको बताउंदै उनले कर्णाली प्रदेशमा एमालेलाई उठ्नै नसक्ने गरी धुलो चटाएको दाबी समेत गरे । उनले चुनाव पश्चात एमाले बिचरा, बेहाल र बिजोग अवस्थामा पुग्ने संकेतहरु देखिन थालेकोले हामीलाई कमजोर भन्ने ओली आत्तिएको प्रष्ट भएको बताए । पार्टीप्रति युवाहरुको आकर्षण बढ्दै गएको दाबी गर्दै उनले नेकपा एस संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशी, धर्मनिरपेक्षता लगायतको जगमा उभिएको बताए । अध्यक्ष नेपालले नेकपा (एमाले) भन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दाबी गर्दै आगामी निर्वाचनमा ठूलो दल हुने विश्वास व्यक्त गरे ।

यही मङ्सिर १५ गतेबाट पार्टीले स्टीकर वितरण गर्दै जनताको घर–घरमा पुग्ने अभियान चलाउन लागेको बताउँदै उनले पार्टीलाई शक्तिशाली बनाउने गरी जनताको घरमा पुग्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले प्रदेश २ को राजधानी र नामकरणबारे पार्टी भित्र छलफल हुन नसकेको बताउंदैे यथाशीघ्र नै राजधानी र नामकरणबारे पार्टीको धारणा सार्वजनिक गरिने जनाए । मधेशप्रति एमाले भन्दा आप्mनो पार्टीको धारणा फरक रहेको भन्दै उनले भने,‘म आफै मधेशमा जन्मेका हुँ मेरो मधेश र मधेशीसँग गहिरो सम्बन्ध छ र हाम्रो पार्टी मधेश र मधेशी जनताको अधिकार र विकासमा सदैव अग्रस्थानमा रही काम गर्नेछ ।’

Comment

Related News