२०७८ मंसिर ९, बिहीबार ०७:०५

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गर्नु पर्ने बताएका छन् ।

बुधबार कांग्रेस धनुषा क्षेत्र ३ (ख) को पहिलो क्षेत्रीय अधिबेशनलाई बुधबार जनकपुरधाममा उद्घाटन गर्दै उनले हाल मुलुकको विद्यमान समस्या समाधान गर्न कांग्रेसको विकल्प नरहेको उल्लेख गरे । उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले संविधानको रक्षा गर्दै देश र जनताको हितमा केन्द्रीत भइ काम गरिरहेको दाबी समेत गरे । देशलाई सही बाटोमा डो¥याउन वर्तमान सरकार सकारात्मक रुपमा अघि बढिरहेको बताउंदै नेता निधिले कांग्रेसलाई पुनः एकपटक मौका दिन मतदाताहरुलाई आग्रह गरे । जनकपुरधामको पर्यटन प्रबद्र्धनकोलागि महत्वपूर्ण मानिएको नेपाल रेल्वे यथाशीघ्र सञ्चालनमा ल्याउनु पर्ने उनले उल्लेख गरे । कार्यक्रममा प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले आपूmले काँग्रेस प्रदेश २ को सभापतिमा उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।

Comment

Related News