अपडेट 
२०७८ पुष २५, आईतवार १६:१०

नेपाल रेलवे कम्पनीले जनकपुर-जयनगर रेल सञ्चालन गर्न ६० जना कर्मचारीलाई नियुक्त गरेको छ । उनीहरुलाई आजैबाट तालिम दिने बुझिएको छ ।

कम्पनीमा तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले १५० कर्मचारी नियुक्त गरेका थिए । तर भट्टराईलाई हटाएर सरकारले निरञ्जन झालाई महाप्रबन्धक बनाएपछि उनले ति कर्मचारीहरुलाई पदमुक्त गरे । अहिले झाले ६० कर्मचारी नियुक्त गरेर तालिम दिन लागेका छन् ।

नियुक्त गरिएका कर्मचारीमध्ये २६ जना भारतीय प्राविधिक छन् । लो प्यालट, सिग्नल म्यान, स्टेसन मास्टर, टिकट काट्ने र गेट प्वाइन्टको काम गर्न तत्काल ६० कर्मचारी नियुक्त गरिएको बताइएको छ । उनीहरुलाई तालिम दिएर दक्ष बनाइनेछ ।

फागुनभित्र रेल सञ्चालनको तयारी गरीएको नेपाल रेलवे कम्पनीले जनाएको छ । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनका लागि ल्याएको रेल झण्डै १६ महिनापछि हिजो शनिबार विहान परीक्षण गरिएको थियो ।

Comment

Related News