२०७८ चैत्र २६, शनिबार ०८:४१

गौर । रौतहट जिल्लाको गौर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएका सरकारी नम्बर प्लेट भएको सवारीसाधनहरु सामूहिक रुपमा नगरपालिकाको जिम्मा लगाएका छन् ।

गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी उक्त सवारी साधनहरु नगरपालिकालाइ फिर्ता गरेका हुन् । आउँदो २०७९ साल बैशाख ३० गतेका दिन स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोग नेपालले निर्वाचन अचार सहिंता लागु गर्ने पूर्ण तयारी गरि सकेकोले नैतिक रुपमा सरकारी गाडी प्रयोग गर्न नमिल्ने भएकोले सवारी साधन फिर्ता गरिएको मेयर गुप्ताले बताए । उनले राजीनामा नदिए सम्म नगरवासीको कार्य गर्दै जाने समेत बताए । मेयर गुप्ताले प्रयोग गर्दै आएको सरकारी नम्बर प्लेटको स्कार्पियो र ९ वटै वडा अध्यक्षले प्रयोग गर्दै आएको पल्सर मोटर साइकलको साँचो नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरलाई जिम्मा लगाईएको हो ।

निर्वाचन आचार संहिता लागु भए संगै सरकारी गाडी प्रयोग गर्न नपाइने भएकोले आचार सहिंता लागु हुनु पूर्व गौर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले बुझेका सवारी साधन फिर्ता गरेर अन्य नगरपालिकाका प्रमुख , उपप्रमुख र वडा अध्यक्षहरुलाई सवारी साधन हस्तानान्तरण गर्न दवाव सृजना गरेका हुन् । १८ स्थानीय तह रहेका रौतहट जिल्लामा सवै भन्दा पहिला सरकारी गाडी फिर्ता गर्ने मध्येमा गौर नगरपालिका पहिलो स्थानीय तह बनेको छ ।

please subscribe our official youtube channel and support us.

Comment

Related News