२०७९ बैशाख २९, बिहीबार ०६:५२

नेपाली बृह्त शब्दकोश अनुसार विचार, स्वीकृति, न्यायवा सहायताका लागि विनय पूर्वक कसै सँग गरिने प्रार्थना वा निवेदनलाई अपिल भनिन्छ । आसन्न स्थानीयतहको निर्वाचनमा मतदान गर्ने दिनको पर्खाइमा रहेका मतदाताहरुको पर्खाई लगभग सकिएको छ। दल र उम्मेदवारहरु आफुलाई मतदान गरी निर्वाचित गरी दिन मतदाता सँग अपिल गर्ने समय पनि लगभग सकिएको छ । मतदाताको मतलाई आफ्नो पक्षमा पार्न र मतदातालाई आकर्षित गर्न उम्मेदवार र दलले सम्भव हरेक प्रयत्न गरेको देखियो । भडकिलो र खर्चिलो प्रचार प्रसार शैलीले नेपालको निर्वाचन प्रणालीलाई नै विकृत बनाएको देखिन्छ । कहिले काँही निर्वाचन प्रणाली माथि पनि प्रश्न नउठने गरेको होईन । निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आपिल गर्न समय दिए जस्तै मतदातालाई पनि कसलाई मत दिने भनेर गम्भिरताका साथ सोच्न र सही प्रतिनिधि चुन्न निर्णय लिनमौन अवधिको समय आयोगले दिने गरेको छ। सोही मौन अवधिको सदुपयोग गरी सही प्रतिनिधि छान्न आम मतदाता सँग अपिल गर्न चाहन्छु । त्यसभन्दा अगाडि समान्य रुपमा हाम्रो निर्वाचनको विकृतीको बारेमा चर्चा गर्ने प्रयास गरेको छु । निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । जसरी मानव जिवनको लागि अक्सिजन अपरिहार्य छ, त्यसरी नै लोकतन्त्रको लागि आवधिक निर्वाचन अपरिहार्य छ । आवधिक निर्वाचन हुन नसकेमा लोकतन्त्र बलियो हुनै सक्दैन। लोकतन्त्र बलियो हुनको लागि आवधिक निर्वाचन भएर मात्र पनि हुदैन् । त्यस्तो निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनै पर्छ । उम्मेदवार तथा पार्टिले आफ्ना नीति, कार्यक्रम, सिध्दान्त, मुद्दा र उद्देश्य तथा लक्ष्य अभिव्यक्ति तथा घोषणापत्र मार्फत मतदाता समक्ष स्वतन्त्र रुपमा राख्ने र मतदाताले उम्मेदवार तथा पार्टिहरुले उनीहरु समक्ष राखेका नीति, कार्यक्रम, सिध्दान्त, मुद्दा तथा लक्ष्य सहितको घोषणापत्र अध्ययन गरेर आफुलाई आकर्षित गर्न सकेका उम्मेदवार वा पार्टिलाई स्वतन्त्र रुपमा मतदान गरेर प्रतिनिधि चयन गर्नु पर्छ । निर्वाचनको प्रक्रिया यो नै हो । हाम्रो मुलुकको लोकतान्त्रिक व्यवस्थाले पनि यस्तै निर्वाचनको परिकल्पना गरेको छ ।

तर के नेपालमा उम्मेदवार तथा पार्टिहरुको चुनावी प्रतिस्पर्धाको आधार र मतदाताहरुको मतदानको आधार यिनै हुन कि फरक छन् ? यो नेपालको निर्वाचनको सन्दर्भमा उठेको गम्भिर प्रश्न र मूख्य चाँसोको विषय हो । हाम्रो निर्वाचन प्रणाली हाम्रा छिमेकी मुलुकहरु भन्दा कयौँ गुणा खर्चिलो रहेको छ । हाम्रो निर्वाचन खर्चिलो सँग सँगै भडकिलो पनि रहेको छ । के यो हाम्रो निर्वाचन प्रणाली र मुलुकको आवश्यकता हो कि विकृती ? यदि विकृती हो भने दिन प्रति दिन हाम्रो निर्वाचन विकृत हुँदै जानुमा दोषि को हुन र कारण के हो ? निर्वाचनमा देखिएको हालका विकृतिहरुलाई निर्मुल पार्नुको विकल्प मुलुक सँग छैन् । हरेक नागरिकले निर्वाचनमा भाग लिई निष्पक्ष र स्वतन्त्र रुपमा मतदाताको मत प्राप्त गरी प्रतिनिधिचुनिन सकिने आधार तयार गरि दिने काम राज्यकै हो । सन् २०१९ मा भारतमा भएको निर्वाचनमा प्रति मत करिब ७ सय भारतीय रुपैयाँ खर्च भएको विभिन्न अध्ययनले देखाएको छ । नेपालको स्थानीयतहको निर्वाचन २०७४ मा प्रति मत करिब ४ हजार ९ सय ३२ रुपैयाँ खर्च भएको देखियो । उम्मेदवार र दलले मात्र ५० अर्ब ९६ करोड रकम खर्च गरेको थियो । निर्वाचन आयोगले गर्ने खर्च भन्दा दोब्बर सुरक्षाको खर्च , आयोग र सुरक्षाको खर्च भन्दा पाँच दोब्बरभन्दा बढी खर्च उम्मेदवार र दलको खर्च हुने गरेको हाम्रो निर्वाचन खर्चको तस्विर हो । उम्मेदवार र दलले यतिको रकम काहाँबाट ल्याउछन् र के के मा खर्च गर्ने गरेका छन ? यस बारेमा राज्यको कुनै पनि निकायले अहिले सम्म अध्ययन अनुसन्धान गरेकै छैनन् । स्वयम् निर्वाचन आयोगले समेत यस बारेमा केही अध्ययन गर्न सकेका छैनन् । हाम्रो जस्तो कमजोर आर्थिक अवस्थाको मुलुकको लागि यतिको खर्चिलो निर्वाचन कदापि उचित होईन । यसलाई रोक्न सक्ने संयन्त्रको विकास राज्यले गर्न सक्नु पर्छ र मतदाताले पनि खर्च गरेर चुनाव जित्न खोज्ने उम्मेदवार तथा दललाई निरुत्साहित गर्नु पर्छ । देश र जनताको हितमा काम गर्न राज्य सत्तामा जान खोजेको हो भने सर्वप्रथम दलहरुले निर्वाचन खर्च कटौती माध्य या नदिनै पर्छ । राज्य सत्तामा जानुको उद्देश्य अर्कै छ भने दल र उम्मेदवारलाई भन्नु केही छैन्। राजनीतिकदलको मूख्य उद्देश्य निर्वाचन मार्फत चुनिएर राज्य सत्तामा जानु नै हो । तर अहिलेकादलहरुको मूख्य उद्देश्य जसरी पनि चुनाव जित्ने र सत्तामा जाने भनेर फेरिएको छ ।

दल र नेताहरुको विचार र निष्ठा पनि क्षयीकरण हुँदै गएको छ। परिणाम स्वरुप दलहरुको प्राथमिकतामा निष्ठावान कार्यकर्ता भन्दा पैसा, बल र जालझेल गरेर चुनाव जित्न सक्नेहरु पर्न थालेका छन् , भने नेताहरु पनि टिकट नपाएपछि दल बदल्न कुनै संकोच मान्दैनन्। अहिले नेपालका राजीतिक दल र नेताहरुमा यो प्रवृतीनिकै फष्टाएको देखिन्छ । नेपालको राजनीतिमा देखिएको यो प्रवृती निष्ठावान नेताकार्यकर्ताहरुको लागि जति घातक छ, त्यति नै घातक आमजनताको लागि पनि छ । राजनीतिकदलकै निष्ठा, विचार र सिध्दान्तक्षयी करण भएमा समाजलाई विकृत हुनबाट जोगाउन निकै मुश्किल हुन्छ। यसप्रति राजनीतिक दल र नेताहरु सचेत रहेको देखिदैनन्। मताधिकार भएका नागरिक वा मतदाताले आफुले मन पराएका उम्मेदवार तथा दललाई स्वतन्त्र रुपमा मतदान गर्न पाउनु मतदाताको अधिकार हो । मतदाताको यस अधिकारलाई बालिगमताधिकार भनिन्छ । हरेक नागरिक मतदानमा सहभगिभई आफ्ना प्रतिनिधिको चयन गर्नु नागरिकको कर्तव्य पनि हो । हाम्रो मुलुकमा धेरैजसो मतदाता नागरिकको कर्तव्य पुरा गर्नका लागि मात्र मतदानमा सहभागी हुने गरेका छन्। उत्साहीत भएर मतदानमा सहभागी हुने उम्मेदवार तथा दलका कार्यकर्ता बाहेक काम तदाताको संख्या एकदम न्यून हुन्छ । म पनि २०६४ सालमा पहिलो पटक मतदानको अधिकार पाएको र संविधान सभाको निर्वाचन भएकोले निकै उत्साहित भएर मतदानमा सहभागी भएको थिएँ । त्यस्ताको निर्वाचनमा नागरिक कर्तव्य पुरा गर्न मात्रै मतदानमा सहभागी हुने गरेको छु । सायद धेरै नागरिकको अवस्था म भन्दा फरक छैन् होला । मतदाता उत्साहितन हुनुको मूख्य कारण हाम्रो निर्वाचनमा देखिएको विकृती र मतदानबाट चयन भएका धेरै जसो प्रतिनिधि आममतदाताको मन जित्ने गरी काम गर्न नसक्नु नै हो जस्तो मलाई लाग्छ । उम्मेदवार तथा दलले मतदाताको मत जितेर निर्वाचित हुन्छन् तर मतदाताको मन कहिल्यै जित्न सकेका छैनन् । सँधै मतदाताले सेवक भनेर आफ्ना प्रतिनिधि छान्ने गरे पनि धेरैजसो प्रतिनिधि शासक भइ दिने गरेका छन् । यसकारण नै आम मतदाता मतदानमा सहभागी हुन उत्साहित हुन सकेका छैनन् र नागरिक कर्तव्य पुरा गर्न मात्र मतदानमा सहभगी हुने गरेका छन् । हरेक मतदाता उत्साहित भएर मतदानमा सहभगी हुने वतावरण नबनेसम्म निर्वाचनले प्रतिनिधिको चयन गरेपनि असल प्रतिनिधिको चयन हुन सक्दैन । राज्यले निर्वाचन गराउनको मुख्य उद्देश्य असल जनप्रतिनिधिको चयन गरी जन निर्वाचित प्रतिनिधि द्वारा राज्य सत्ताको सञ्चालन गरेर लोकतान्त्रिक प्रणालीलाई विकसित र बलियो बनाउदै लानु हो ।

राज्यले निर्वाचनबाट सेवक चुन्नखोजेको हो शासक कदापि होईन । तर बिडम्बना नै भन्नु पर्छ हाम्रा जन निर्वाचित प्रतिनिधिहरु मध्ये अधिकांसमा शासक प्रवृती नै हाविहुने गरेको छ । तसर्थ सेवक चुन्नका लागि स्वयम् मतदाताहरु नै सचेत भएर मतदान गर्नुको विकल्प छैन् । आफुले मतदान गर्न लागेको उम्मेदवार तथा दलले मतदान पछि आफुलाई चिन्छ कि चिन्दैन ? मतदाताले ख्याल गर्नु पर्छ । मतदाताले आफुले चिन्ने उम्मेदवार तथा दल भन्दा भोलिको समयमा सम्पुर्ण नागरिकलाई चिन्ने उम्मेदवार तथा दललाई मतदान गरेर निर्वाचित गर्ने तर्फ सोच्न अति जरुरी छ । २७ गते मध्य राति देखि मौन अबधि शुरु हुँदैछ । तर मौन अबधिको समयमा पनि उम्मेदवार तथा दलहरुले चलखेल गर्ने गरेको विगतमा देखिएको थियो । अहिले पनि चलखेखहुन सक्ने सम्भावना उतिकै छ । मौन अबधिमा हुने चलखेल निर्णायक पनि हुने गरेको छ तर जाय जचाँही होईन । उम्मेदवार तथा दलले आफ्ना विचार, मुद्दा र एजेण्डा र प्रतिबध्दता आम मतदाता समक्ष राखिसकेका छन् । उम्मेदवार र दलहरुले अघि सारेको नीति र कार्यक्म मध्ये आफुलाई उतकृष्ट लागेको उम्मेदवारलाई मतदान गर्नु पर्छ आम मतदाताले । तीनीति तथा कार्यक्रमहरुको स्व मूल्याङ्कन गरेर उत्कृष्टताको चयन स्वयम् आम मतदाताले गर्नु पर्ने हुन्छ । उम्मेदवार तथा दलहरुले पुरै गर्न नसकिने तर मतदातालाई लोभ्याउन सकिने प्रतिबध्दताहरु गर्ने र गरेका प्रतिबध्दताहरु मध्ये अधिकांस पुरा गर्न नसकेका कारण घोषणा पत्र अध्ययन गर्ने चलन हराउदै गएको छ । आममतदाताले घोषणापत्र अध्ययन गरेर मतदान गर्ने चलन त्यसै पनि थिएन र छैन पनि । अहिले त झन् उपलब्धी जति आफ्नो र आसफलता जति आरुको देखाउन दलहरुले घोषणा पत्र तयार गर्ने गरेका छन्। घोषणा पत्रमा आफ्ना नीति तथा कर्यक्रम प्रस्तुत गर्ने र लक्ष्य हासिल गर्ने आधारहरु प्रस्तुत गर्नुको सट्टा दलहरुले आरुको आलोचना गर्न घोषणा पत्रका पानाहरु खर्चिने गरेका छन्। त्यसैले दलहरुको घोषणा पत्र कागजको खोष्टा बाहेक केही बन्न सकेका छैनन । स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि संविधान र कानुन मै व्यवस्था गरिएको हुन्छ । ती कानुनले समेत नपुगेर निर्वाचनको समयमा आचरसंहिता लागु गरीएको हुन्छ । दल तथा उम्मेदवारले खर्च गर्न पाउने खर्चको सिमा तोकिएको हुन्छ । उम्मेदवारहरुले निर्वाचन सँग सम्बन्धित प्राबधान र कानुनहरुको पालना गरे नगरेको निष्कर्ष मौन अबधिमा मतदाताले निकालनु पर्छ र कसलाई मतदान गर्ने नगर्ने निष्कर्षमा पुग्न सकिन्छ । जसले खेलाडी हुँदा खेलको नियम मान्दैनन् भने त्यसले रेफरी भएपछि नियममा वस्ने परिकल्पना गर्न सकिदैन । हामिलाई चाहिएको सुशासन हो । तसर्थ कानुनको पालना गर्न सक्ने ब्यक्ति नै हाम्रा लागि सँच्चा जनप्रतिनिधि हुन् । हामी कानुनी राज्यमा विश्वास गर्नेहरुको प्रतिनिधित्व कानुनलाई कागजको खोष्टा मान्नेहरु हुनै सक्दैनन् । बृह्त रुपमा हेर्ने हो भने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने काम उम्मेदवार र दलहरुको पनि हो । मतदाताले असल प्रतिनिधिको छनौट गर्न सक्ने गरी मतदातामा चेतनको विकास गर्ने कामपनि राजनीतिकदलको हो ।

तर यहाँ जसरी पनि चुनाव जित्ने नीतिलाई राजनीतिको परिभाषा बनाईएको छ । मतदा नगर्न नेताहरु धम्कीको भाषा समेत बोल्ने गरेका छन् । हाम्रो राजनीतिकदलहरुको विचारमा देखिएको क्षयी करणका कारण मतदाता आफै सचेत भई दलहरुलाई सहि बाटोमा ल्याउनु को विकल्प छैन् । यसको लागि मतदाताले गम्भिर भएर मौन अबधिको सदुपयोग गर्न सक्नु पर्छ । कसैको बहकाववालहैलहैमा लागेर होईन आफुले निकालेको निष्कर्षको आधारमा मतदान गर्नु पर्छ।हामीले जन्मिने बितिकै र मृत्यु पश्चात पनि स्थानीय सरकारसँग काम लिनु पर्ने हुन्छ । यो हाम्रो नजिकको सरकार पनि हो । तसर्थ स्थानीय जनप्रतिनिधिको चयन गर्दा समाजका अगुवा, सुशासन कायम गर्न सक्ने, सभ्यजिवनशैली अपनाएको, बोलेको बोलि पुरा गर्न सक्ने र सबैको प्रतिनिधित्व गर्न सक्ने , विषय वस्तुको ज्ञान भएको र राजनीतिक भन्दा समाजिक अनुभव भएका आदि गुण भएको ब्यक्तीको चयन गर्न सक्नु पर्छ । आम मतदातासँग आफ्नो अमुल्यमतको कदर गर्न सक्ने र जनताको सेवामा खरो उत्रिन सक्ने उम्मेदवारलाई मतदान गर्न अपिल गर्न चाहन्छु । प्रत्येक मतदाताले छनिक वा आफ्नो मात्र लाभलाई हेरेर होईन समग्र देश र नागरिकको लाभलाई प्राथमिकतामा राखेर मतदान गर्न जरुरी छ ।

Comment

Related News