२०७९ बैशाख ३०, शुक्रबार ०७:२०

नेपाल–भारत सम्वन्ध इतिहास सुरु हुनुभन्दा धेरै वर्ष पहिला देखि आपसी समानतामा आधारित असल छिमेकीको रुपमा रहदै आएको छ ।

भूगोलले छिमेकी तथा धार्मिक संस्कारले साझा आस्थाको अंशियार वनाएको एउटै सभ्यताको मुहान भएको कारण पनि परम्परा र संस्कारमा आधारित रहेको छ । विश्व समुदाय समक्ष भिन्न राष्ट्रियता र छवी वनाउदै आएका नेपाल र भारतबीचको सम्वन्ध एैतिहासिक ,प्राकृतिक र घनिष्ट मित्रतासंगै संसारमै खुला सिमाना बिचको आवत जावतले संसारलाइ आफ्नो प्रगाढ मित्रताको उदाहरण स्थापित गर्न सफल रहेका छन् । नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । जसको केही संस्कृति तिब्बत र केही भारतसग मिल्दाजुल्दा रहेका छन् । यहाको भेष भूषा, भाषा र खानपानका पकवानहरूको पनि भारतसगं धेरै समानताहरू पाइन्छन् । नेपाल भारत सम्बन्ध पौराणीककाल देखि रहदै आएपनि औपचारिक सम्बन्ध भने व्रिटिस भारतको शासनकाल देखि शुरु भयो । भौगोलीक स्थितिले हामि भारतमा निर्भरछौ, यो तितो सत्य हो । नेपालको राजनैतिक विकास होस वा भौगोलिक परम्पराकाल देखि भारतको व्यापक सहयोग रेहको छ । दक्षिणमा प्रस्तावि पुर्वपश्चिम रेल्व लाइन, हुलाकिराज मार्ग लगाय विभिन्न राजमर्गाको निर्माण, टेलिफोन सुविधाको विकास सबैमा भारतको सहयोग रहेको छ ।

नेपालको भूपरिवेष्ठित भौगोलिक अवस्था र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन ।तर दुइ बिसाल तिब्रगतीमा बिकास तर्फ लम्केको भारत र चिनसगंकोसगं सम्बन्धाइ नेपालले अहिले फायदा उठाउनै पर्दछ ।भारतीय सरकारको मुख्यनाराको रूपमा प्रचारित ‘सबका साथ, सबका विकास’ नीतिलाइ, ‘ भारत – नेपाल ,साथ– साथ, दोनोका बिकास’ भन्ने नारामा परिणत गर्नुपर्दछ । त्यहिनै नेपालको हितकारमा हुने छ ।आर्थिक शक्तिको रुपमा उदयमान भारतको विकासको अवसरबाट नेपालले पनि फायदा उठाउनु पर्दछ । सुरु देखि भारतले नेपाललाई यथेष्ट सहयोग गरेको छ, गर्दै पनि छ । प्राकृतिक आपदा भुकम्पको समय होस वा समय समयमा आउने गरेको वाढि पहिरोमा सधै साथ र सहयोगको भावना भारतीय समाजमा ज्यादा नै देखिएको छ । त्यसो त महाभुकम्पले Ôति गरे लगत्तै चाहे उद्दार कार्यमा होस् वा राहत वितरण्ँमा सहयोग गर्ने क्रम पनि भारतले नै सुरु गरेको थियो ।त्यतिमात्र होइन भुकम्पबाट भएको क्षतिको पुननिर्माण्ँका लागि अन्तराष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक भारत खुला हृदयले नेपाललाई सहयोगको गर्ने घोषणा गरेको थियो । जसले जे भने पनि नेपाल–भारत सम्बन्ध भौगोलिक निकटता, ऐतिहासिक निरन्तरता, समान संस्कृति र सम्पदा, बैबाहिक सम्बन्धमा जेलिएकोमात्र छैन, एकआर्कामा आधारित पनि छ । नेपाल र भारतको जनताबीच अविछिन्न पारस्परिक सम्बन्ध छ ।

नेपालका प्रधानमन्त्रि विदेशमा रहेको बेला आएको भुकम्पमा पनि मोदीको सहयोगी हाथले नेपाललाइ भारत छिमेकी मात्र नभइ ठुलो दाइको भुमिका निर्वाह गरेको प्रमाणित गरेको थियो । जसले जति षडयन्त्र गरेपनि नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा मोतीले एतिहासिक सहयोग गरेर सबै नेपलीलाई अनुग्रहित बनाएका छन् । अन्तर्रा्षिष्ट्रय राजनीतिमा राष्ट्र–राष्ट्र बीचको सम्बन्धमा राजनीतिक, आर्थिक, सामरिक, सामाजिक र सांस्कृतिक प्रभावभन्दा बढी महत्त्वपूर्ण प्रभाव कूटनीतिको पर्छ । यस परिप्रेक्ष्यमा हामीले आफ्नो राष्ट्रिय हितकै सुनिश्चितताको लागि के कस्तो नीतिगत निर्णय लिनेछौं, त्यही अनुरुप क्षेत्रीय तथा विश्व राजनीतिमा हाम्रो उपस्थिति र स्थान संरक्षित हुने अपेक्षा राख्न सकिनेछ । विश्वख्यातीको रुपमा अगाडि बढीरहेको मोदीको बैदेशिक राजनैतिक ओज,तिब्रगतिमा विकासीत भारतीय बजार सन्तुलन तथा विशाल जनसंख्यामा आधारित बजारशक्तिलाई नेपालको लाभ उठाउनुको साथै पर्यटकीय क्षेत्रले पनि उचित लाभ उठाउन नेपाली संचार माध्यमको अहम भूमिकाको आवश्यकता पनि नभएको होइन । हिन्दुत्वप्रतिको भारतीय प्रधानमन्त्री मोदीको आत्मीयतालाई उचित प्रयोग गर्दै नेपालको धार्मिक महत्वलाई भारतीय जनता माझ आर्कशित गर्ने अहिलेको भन्दा कुनैपनि अर्को भारतीय सरकार ‘भूतो न भबिष्यती नेपालका लागी लाभकारी हुन सक्दैन । मोदीले पटक पटक गरेका नेपालका धार्मिक स्थलहरुको भ्रमणलाई धार्मिकपर्यटकिय स्थलको रुपमा संचारशक्तिले अझ सशक्त बनाउनु नै नेपालको लागी हितकर हुन सक्छ ।

साच्चै भन्ने हो भने,दुबै देश बिचको सम्बन्ध आफैमा अनौठो र अदभुत छ ।हाम्रा पुर्वजले अर्जेको यो मित्रतालाई अझ दरिलो बनाउनु पर्दछ । विरासतमा दुबै देशका नागरिकले पाएका परम्परा, संस्कृति र शिष्ट समाजका गुणले गर्दा सधै दुबै देशका नागरिक बहुआयामी र गर्मजोशीका साथ आपसी संबंधलाई साझा गर्दै आएका छन् । हालै नेपालका प्रधानमंत्री शेर बहादुर देउबाले गरेको भारत भ्रमण काशि विश्वनाथको पुजा र अहिले भइरहेको भारतीय प्रधान मन्त्रीको नेपाल भ्रमणले दुबै देशेको सम्बन्धलाई उच्चाइमा पुर्याएको छ ।यात्राको क्रममा दुबै देशका बिच बढीरहेको हाइड्रो पावर को विकास, पावर ट्रेड, वित्तीय संचार लगायतका बिषमा बढेको सकारात्क पहलले बिगतमा देखिएको अधिकांस खाडलहरुलाई पुरने काम गरेको छ । खास गरेर दुबै देशविच रहेका विभिन्न मत भिन्नताका निकासका लागी दुबै देशका प्रधानमन्त्री देउवा र मोदीको अग्रसर्ता देखिएको छ । तर दुबै मुलुक बिचको सम्बन्धलाई मजबुत गर्ने बिषयमा सरकार प्रमुखहरुको आपसी भरोसा र सहयोगको आधार माथी कयौ गुना सकारात्मक असर पारेको छ । कुनैपनि नाकारात्मक सोचं वा बाटो दुबै देशको लागी राम्रो कुरा होइन र यसले व्यक्तिगत वा सस्थागत कसैलाई छणिक लाभ भएपनि देशको प्रगती र विकासमा बाधक बनेको हुन्छ ।

देउवाको भारत भ्रमणको क्रममा गरिएको पुजापाठ र भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसर पारेर भइरहेको लुम्बिनी भ्रमणले दुबै देशबिच रहेको साझा धार्मिक सम्बन्धलाई अझ प्रगाढ बनाउने पहले भइरहेको छ ।पशुपतिनाथ, गौतम बुद्धको जन्मस्थल लुम्बिनी, जनकपुरको जानकी मन्दिर, मुस्ताङको मुक्तिनाथमा भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले नेपाल भारत बिचको सम्बन्धलाई धेरै उचाइमा पुर्याएको छ ।

Comment

Related News