२०७९ बैशाख ३१, शनिबार ०६:५२

किएको छ । मुलुकका ७५३ स्थानीय तहका ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागी भएको निर्वाचनमा १ लाख ४५ हजार ११ जना उम्मेदवार मैदानमा थिए । मुलुकका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदातामध्ये ६० प्रतिशतभन्दा अधिकले मतदान गरेका छन् । एकै चरणमा सम्पन्न निर्वाचनमा भाग लिने उम्मेदवार, सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, निर्वाचन व्यवस्थापनमा जुटेका राष्ट्रसेवक तथा आफ्नो बहुमूल्य मत दानगरेर लोकतन्त्रको गहना भनिएको आवधिक निर्वाचनलाई सफल बनाउनेहरु वधाईका पात्र छन् । लोकतन्त्रको यस महोत्सवमा सहभागी सबैलाई बधाई तथा शुभकामना । आशा गरौं यहाँहरु जात–पात, धर्म–लिंग र लोभ–लाभ भन्दामाथि उठेर मतदान गर्नु भएको होला । यहाँहरुको अमूल्यबाट राम्रा जनप्रतिनिधिहरु चयन हुने छन् । २०७२ मा जारी नयाँ संविधान पछि स्थानीय तहको यो दोश्रो निर्वाचन हो । स्थानीय तहका जनप्रनिधिहरुको पाँच वर्षे कार्यकाललाई मूल्यांकन गर्नुपर्दा आशा भन्दा निरासा अधिक देखिएको छ । तर पाँच वर्षमै भएपनि लोकतन्त्रमा मतदातालाई मतमार्फत सहि जनप्रनिधि चयन गर्ने अधिकार भन्ने सुनिश्चित हुन्छ । हामी आफ् नो अधिकारको सहि प्रयोग गर्न सकेनौ भने दोषी हामी स्वयं छौ । आशा गरौं यस पटक आदरणीय मतदाताहरुले हाम्रा भन्दा पनि राम्रालाई मतदान गर्नु भएको होला । कारण गलतीबाट सिक्ने मानिसको गुण नै हो । तर चुनावी बिगुल फूकिएसंगै समाजिक रुपमा व्याप्त भएको तिक्ता, अराजनीतिक कृयाकलाप, सामाजिक सञ्जालहरुमार्फत सुरु भएको गाली–गलौज तथा मनि–मसलको प्रयोगले हाम्रो समाजनै विभाजित हुदैछ कि ? भन्ने छनक दिएको छ । निर्वाचनमा एउटै पदका धेरै आकांक्षी हुनु स्वाभाविक हो तर अनन्त ः तीमध्ये जित्ने भनेको एकजनामात्र हुन् । जित वा हार जस्को होस् , हाम्रो सामाजिकता हार्नु हुन्न भन्ने मेरो मान्यता छ । सम्पन्न निर्वाचनमा को हार्दै छ वा को जित्नै छन् ? यसको लेखा जोखा गर्ने वेला यो होईन कारण उम्मेदवारहरुको भविष्य मतदान बक्समा सुरक्षित भई सकेका छन् ।

सफल हुनेलाई बधाई । यस पालि सफल हुन नसकेकाहरुलाई अग्रिम शुभकामना । निर्वाचनको क्रममा जनकपुरधाम उपमहानगर पालिकामा देखिएका दृश्य, उम्मेदवार हरुको प्रचार शैली तथा मनि मसलको खुल्लम खुल्लम प्रदर्शनले सामाजिक व्यवस्थालाई तरंगित बनाएको थियो । जसको बाछिटा अझैपनि बाँकी नै छ । अ–आफ्ना दलका उम्मेदवारलाई जिताउन संस्थापन पक्षले बनाएको रणनीति तथा सोही दलका अर्को गुटले आफ्नै दलका उम्मेदवारलाई हराउने बुनेको षडयन्त्रको जालो उदांगो भएर बाहिर आयो । दलका छोटे र बडे मुखियाहरुले खुल्लम खुल्ला टिकट बिक्री गरेको दृश्य लोकतान्त्रिक व्यवस्थालाई नै धाराशायी बनाउने संकेत दिएको छ । वडा,नगर र जिल्ला समितिहरुले सिफारिस गरेका उम्मेदवारहरुलाई टिकट नदिई मुखियाहरुले आफ्ना आसेपासे र पैसावालहरुलाई टिकट बाँड्नुको अर्थ हो पार्टीभित्रको चेन अफ कमाण्डलाई भताभुंग पार्नु । सेनापति कमाण्डमा बस्दैनन भन्ने पुछारका सेना कमाण्डमा बस्नु पर्ने बाध्यता रहन्न । नेपाली कांग्रेस, एमाले , माओवादी केन्द्र तथा जसपा र लोसपाका उम्मेदवारहरुले दिएको स्वतन्त्र उम्मेदवार र आफ्नै दलका आधिकारिक उम्मेदवार विरुद्धको षडयन्त्र शिर्षनेताहरुको लोभानि पापानिकै प्रतिफल त होईनन् ? भन्ने आभासपनि हुन थालेको छ । निर्वाचनको पूर्व सन्ध्यामा जनकपुरको सबभन्दा ठुला भनिएको होटल सियाशरणमा एउटा घटना घटिथ थियो । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारी एकजना स्वतन्त्र उम्मेदवारको पक्षमा भोंट माग्दै छन् भन्ने हल्लाले नगर नै हल्लायो । एमाले कोटाबाटै अध्यक्ष भएका अन्सारी एमालकै आधिकारिक उम्मेदवार शिवशंकर साह हिराको विरोधमा वातावरण बनाउँदै छन भन्ने आरोप लगाउँदै एमालेकै नेता कार्यकर्ताहरु होटल घेराउ गरे । उनि बसेको कोठामा नगद रहेको भन्दै कोठाको चेक जाँच गर्ने मांग बुलंद गरे । अध्यक्ष अन्सारीमाथि लागेको आरोप सत्य नहुन पनि सक्छ तर एउटा प्रश्न भने अवश्य खडा भएको छ – संवैधानिक निकायका अध्यक्ष जस्तो गरिमामय पदमा आसिन व्यक्ति चुनावको मौन अवधिमा उम्मेदवारहरुसंग गुपचुप बैठक बस्नु पडाडिको कारण के हो ? आचार संघीता सबैकालागी समान हो कि होईन ? चुनावको क्रममा अर्को घटनापनि निकै चर्चामा रह्यो । स्वतन्त्र उम्मेदवार बलराम महतोले लोहनाका मतदाताहरुलाई बाँड्न भनि लग्दै गरेको भाडा कुडा प्रहरीले नियन्त्रणमा लियो ।

फेरी अर्को हावापनि वेगसंग चल्यो – अमुक उम्मेदवारले मतदातालाई बाँडन लग्दै गरेको भारु रुपियाँसहितको बैग बाटामै फालेर फरार भए । निर्वाचनमा भारु रुपियाँ बाँडिएको यो पहिलो घटना भने होइन तर श्रोतहरुका अनुसार यस पटक फेला परेको भारु नक्कली थिए रे । मसंग यी घटनाहरुलाई सत्यापति गर्ने आधार छैनन । सत्य हुन पनि सक्छ । नहुन पनि सक्छ । तर यस्ता हल्लाले समाजलाई वेगसंग हल्लाएको छ । र सोंच्न बाध्य बनाएको छ – जोसंग होटलहरुमा रुपियाँ बाँडि दिने गौडफादरहरु छैनन । जोसंग भाँडा कुडा बाँड्ने लियाकत छैन र जसको पहुंच सक्कली भारतीय रुपैयासम्म पनि छैन , त्यस्ता उम्मेदवार चुनाव जित्नेकि नजित्ने ?

Comment

Related News