२०७९ जेष्ठ ८, आईतवार ०७:५१

नेपाल सरकारद्वारा प्रतिबन्धित लागूऔषध सहित कबिलासीबाट एक जना युवक पक्राउ परेको छ ।

शुक्रवार साँझ मलंगवाबाट नवपुरतर्फ पैदल आउँदै गरेको काठमाडौं जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर–६ निवासी २१ वर्षीय सुनिल राईलाई कबिलासी नगरपालिका अगर्वा स्थित सशस्त्र प्रहरी बल १० नम्बर गणको टोलीले ५ सय ९८ ट्याब्लेट नाईट्राभेट, ६ एम्पूल नोर्फिन, ६ एम्पुल फेनार्गन, ३ एम्पुल डाईजेपाम र ३ एम्पुल डाईजेल्याब लागूऔषध सहित पक्राउ गरेको गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापा मगरले जानकारी दिए । राईलाई बरामद भएको लागूऔषध सहित आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय हरिपुरको जिम्मा लगाईएको शसस्त्र प्रहरी प्रबक्ता थापाले जनाएको छ ।

please subscribe our official youtube channel and support us.

Comment

Related News