२०७९ असार ५, आईतवार १४:२१

पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा आगो लागेपछि फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको छ।

विमानको बायाँ इन्जिनबाट धुुवाँको मुस्लो निस्किएको विमानबारे सार्वजनिक एउटा भिडियोमा देख्न सकिन्छ।

इन्जिनलाई बन्द गरेर सुरक्षित ढंगले अवतरण गरिएको अधिकारीहरूले जनाएका छन्।

विमानमा चरा ठोकिएको उड्डयन नियामक डीजीसीएले जनाएको छ।

विमानमा १८५ यात्रु थिए। कोही पनि यात्रु घाइते नभएका प्राप्त विवरणहरूमा जनाइएको छ।

please subscribe our official youtube channel and support us.

Comment

Related News