२०७९ असार ८, बुधबार १४:३३

राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ ।

रवि लामिछानेले उक्त नामको पार्टी दर्ताका लागि निवेदन दिएपछि स्वतन्त्र उम्मेदवारीका लागि तयारी गरिरहेकाहरुले दलको नाममा भएको स्वतन्त्र शव्दप्रति आपत्ती जनाउदै आयोगमा उजुरी दर्ता गरेका हुन् । स्वतन्त्र शब्दको अपव्याख्या भएको र जनतामा भ्रम पर्न गएकाले उक्त शव्द भएको दल दर्ता गर्न नहुने उनीहरुको भनाई छ । स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचत हुन पाउने अधिकार रहेको भन्दै स्वतन्त्र शव्दलाई दुरुपयोग गर्न खोजिएको बताउनुभयो । उहाले स्वतन्त्र उम्मेद्वारी दिन लागेकाहरुको उक्त पार्टीमा कुनै समर्थन नरहेको धारणा राख्नुभयो ।

उनीहरुले स्वतन्त्रको नाममा पार्टी गठन गरेर स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको जनाएका छन् ।

Comment

Related News