२०७९ असार ८, बुधबार १४:३६

वीरगंज । सवारी दुर्घटनामा परि घाइते भएका वीरगंज महानगरपालिकाको वडा नं. २४ का वडा सदस्य ३७ बर्षिय कृष्ण कुमार यादव (सन्त)को मंगलबार राति निधन भएको छ ।

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाइनस्थित कान्तिलोकपथ सडक खण्डमा सवारी दुर्घटना परी घाइते भएका यादवको निधन भएको परिवारिक स्रोतले जनाएको छ । भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना रहेका यादवलाई मंगलबार राति थप उपचारको लागि काठमाडौं लग्ने क्रममा बाटो मै निधन भएको थियो । यादव जनता समाजवादी पार्टी ९जसपा० बाट स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित भएका थिए ।

वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनको दिन मकवानपुरबाट वीरगंज आउने क्रममा यादवसहित आधा दर्जन नवनिर्वाचित जनप्रतिनिधिहरु सवारी दुर्घटनामा परी घाइते भएका थिए ।

कान्तिलोकपथ सडक खण्डमा जिपलाइनबाट गढीतर्फ आउँदै गरेको ना ४ च ६४३६ नम्बरको बोलेरो पिकअप गाडी अनियन्त्रीत भई दुर्घटना भएको थियो ।

please subscribe our official youtube channel and support us.

 

Comment

Related News